उदयपुरको चौदण्डीगढी नगरपालिकामा ७४ औं नेपाल स्काउट स्थापना दिवस विभिन शैक्षिक कार्यक्रम गरेर सम्पन्न भएको छ । नेपाल स्काउट स्थानीय स्काउट कार्यालय चौदन्डिगढी नगर तदर्थ समिति को आयोजना तथा चौदन्डी नगरपालिकाको सहयोगमा वालवालिका सङ्ग मेयर कार्यक्रम विभिन्न शैक्षिक कृयाकलाप सहित सम्पन्न भएको हो । बेल्टार बजारस्थित ज्योति माध्यमिक बिद्यालयमा आज सम्पन्न भएको कार्यक्रम अन्तर्गत नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता र निबन्ध प्रतियोगिता सन्चालन गरी विजेता विद्यार्थीहरुला नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश स्काउट प्रमुख आयुक्त हेमन्त भण्डारीले नगरमा स्काउटिङको माध्यमबाट वालवालिकामा शारिरिक , मानसिक अनि संबेगात्मक विकास तथा वालवालिकामा परोपकार, सहयोगी भावना, अनुशासन , नैतिकता र कर्तव्य तथा क्षमता अभिवृद्दि गर्दै योग्य र दक्ष नागरिक निर्माणमा पालिकाले चाल्ने कदममा प्राबिधिक सहयोग उपलब्ध गराउने प्रतिवद्दता ब्यक्त गरेका थिए । यस्तै प्रमुख अतिथि नगर प्रमुख कालुमान लामाले विद्यालय स्काउटिङ कार्यक्रमलाई विगत देखि नै नगरपालिकाले सहयोग उपलब्ध गराइदै आएको बताउदै आगामी आर्थिक बर्षमा पनि सबै माध्यमिक विद्यालयमा दक्ष स्काउट मास्टर तयार गरी प्रत्येक विद्यालयमा स्काउटिङ कार्यक्रम सन्चालन गरी नगरमा परोपकार ,सहयोगी भावना र नैतिकताले सुसज्जित नागरिक उत्पादन गर्दै सभ्य र सम्मुनत चौदन्डिगढी निर्माणमा टेवा पुरयाउन सहयोग गर्ने बताएका थिए ।
चौदण्डीगढी स्थानिय स्काउट नगर तदर्थ समितिका संयोजक भविन्द्रकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख लामा , उपप्रमुख मणिकादेवि दुलाल , कोशी प्रदेश स्काउटका प्रमुख आयुक्त हेमन्त भण्डारी , वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का र ९ का वडाध्यक्ष प्रकाश राउत, नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर कुंवर, ,नेपाल स्काउट कोशी प्रदेश कार्यकारी समिति सदस्य सन्तोष बस्नेत, नगर शिक्षक महासंघका अध्यक्ष रित बहादुर मगर, नगर प्याब्सनका अध्यक्ष अशोककुमार राई , ज्योती माध्यमिक विद्यालयका प्रधानाध्यपक राजकुमार ओझा लगायतको उपस्थिती रहेको थियो ।


