चौदण्डीगढी नगरपालिकाको १ अर्ब १३ करोड ३५ लाख बढीको बजेट ध्वनीमतले पारित।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब १३ करोड ३५ लाख बढीको बजेट ध्वनीमतले पारित गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहल आज सम्पन्न अठारौं नगरसभा बैठकमा नगर उपप्रमुख एवम् वजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक मणिकादेवी दुलालले पेश गरेको आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट सर्वसम्मतरुपमा पारित गरेको हो ।
वजेटको श्रोतमा आन्तरिक आयतर्फ ३ करोड ४० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा मालपोत रजिष्ट्रेशन शुल्क वापत ७० लाख, स्थानीय दैनिक आयबाट २ करोड ५० लाख र डिभिजन वन कार्यालयबाट प्राप्त रोयल्टी २० लाख प्रक्षेपण गरिएको छ । यस्तै आन्तरिक राजश्वतर्फ नदीजन्य पदार्य वेचविखनबाट १ करोड ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै आयतर्फ संघीय सरकारबाट १५ करोड ४१ लख र प्रदेश सरकारबाट १ करोड २८ लाख ९६ हजार रुपैयाँ राजश्ववापत प्राप्त हुने प्रक्षेपण गरिएको छ भने अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट संघ सरकारबाट समानीकरण अनुदान १४ करोड ४४ लाख, सशर्त अनुदान ३९ करोड ६९ लाख र समपुरक अनुदान १ करोड , त्यस्तै प्रदेश सरकारबाट समानीकरण अनुदान ९० लाख, सशर्त अनुदान १ करोड ३७ लाख ६४ हजार र समपुरक अनुदान ८० लाख प्राप्त हुने अनुमान छ । अन्य आम्दानीमा गत सालको मौजदाद ३ करोड ७ लाख ६४ हजार , सामाजिक सुरक्षा भत्ताबाट २५ करोड, लाईन्स क्लब इन्टरनेशनलबाट १ करोड ६ लाख ६ हजार ५ सय, वल्ड नेभर्स नेपालबाट २० लाख ४७ हजार १ सय, सामुदायिक वन साझेदारी कार्यक्रमबाट ५० लाख र नगर अस्पतालको आम्दानीबाट ५ करोड ७ लाख ५५ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ ।
एता व्ययतर्फ प्रशासनिक खर्च १७ करोड, समपुरक कोषमा २२ लाख ५० हजार , प्रकोप ब्यबस्थापन कोषमा ४० लाख, मर्मत सम्भार कोषमा २५ लाख छुट्टयाइएको छ भने कृषी विकास शाखालाई २६ लाख १० हजार, शिक्षा युवा तथा खेलकुद शाखालाई १ करोड ९९ लाख ६६ हजार ९ सय ६२, त्यस्तै स्वास्थ्य शाखालाई ७७ लाख ७३ हजार, सहकारी शाखालाई ४ लाख, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखालाई ५ लाख, उद्यम विकास शाखालाई ५ लाख, मनोसामाजिक परामर्श शाखालाई २ लाख, न्यायिक शाखालाई ९ लाख, रोजगार सेवा केन्द्रलाई ३ लाख, सामी परियोजनालाई ५ लाख, त्यस्तै सामाजिक विकास शाखालाई ४ लाख, पोषण कार्यक्रमका लागि १८ लाख, नगरपालिकास्तरीय कार्यक्रमका लागि ७ करोड ५१ लाख ९२ हजार १ सय, विद्यालय सुधार कार्यक्रमका लागि ४८ लाख ४० हजार, बजार ब्यबस्थापन तथा विकास समितिलाई ४२ लाख, नगरपालिकास्तरीय खेलकुद कार्यक्रमका लागि ४३ लाख ३० हजार, यस्तै एक टोल विकास एक कार्यक्रमका लागि २ करोड १० हजार रुपैयाँ विनयोजन गरिएको छ । त्यस्तै अध्ययन अनुसंधान तथा पुँजिगत परामर्श सेवाहरुका लागि ५० लाख, निर्मित सार्वजनिक सम्पतिको मर्मत सुधारका लागि १० लाख, भैपरी आउने पुँजीगत खर्चका लागि २० लाख र वडास्तरीय योजनाहरुका लागि ५ करोड रुपैयाँ विनयोजन गरिएको छ । सशर्त र अनुदानतर्फको खर्चतर्फ सशर्त अनुदान संघिय सरकार ३९ करोड ६९ लाख, समपुरक अनुदान संघिय सरकार १ करोड, शसर्त अनुदान प्रदेश सरकार १ करोड ३७ लाख ६४ हजार। समपुरक अनुदान प्रदेश सरकार ८० लाख, सामाजिक सुरक्षा भत्ता २५ करोड र नगर अस्पताल संचालनका लागि ५ करोड ७ लाख ५५ हजार रुपैयाँ विनयोजन गरिएको छ ।