उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै गएको छ । डेढ महिनाअघि मात्रै झण्डै ४० जना नेता तथा कार्यकताहरु एमाले प्रबेश गरेकोमा आज थप ३२ जना एमालेमा प्रबेश गरेका छन् । नगरपालिकाकै दुर्गम मानिने यस वडामा २०७९ साल बैशाख महिनामा भएको स्थानीय तह निर्वाचनमा जसपा र माओवादी केन्द्रसंग गठबन्धन गरेर वडा अध्यक्षमा एमालेका भगनाथ मगर निर्वाचित भएका थिए । त्यसएता पटक पटक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी लगायतका पार्टी परित्याग गरेर एमाले प्रबेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।
आज मात्रै वडा नम्बर ८ को सिमलताङ्ग र बेसाराका ३२ जना एमालेमा प्रबेश गरेका छन् । जसपा पुर्व वडा कमिटी अध्यक्ष रविन राई, नेत्रृ दिलकुमारी राई, त्यस्तै कांग्रेसबाट चेतन राई, कृपाजन राई लगायतका नेता कार्यकताहरु एमालेमा प्रबेश गरेका छन् । एमाले वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष सन्तोष राईको अध्यक्षतामा आज साँझ सिमलताङ्गमा भएको पार्टी प्रबेश कार्यक्रममा उनीहरुलाई चौदण्डीगढी नगरपालिकाका मेयर तथा एमाले उदयपुरका उपाध्यक्ष कालुमान लामा, नगर प्रवक्ता तथा वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउत, एमाले चौदण्डीगढी नगर उपाध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई, वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर , एमाले वडा नम्बर ८ का पार्टी ईन्चार्ज भुपेन्द्र राई लगायतले खादा तथा टिका लगाएर पार्टी प्रबेश गराएका थिए ।
पंचायतकालमा कम्युनिष्टहरु आधार क्षेत्र समेत रहेको यो भेगमा यसअघि कांग्रेस लगायतका दलहरुले पकड बनाएका थिए । तर पछिल्लो समयमा एमालेमा फर्कनेहरुको संख्या बढ्दै गएको छ । नगर र वडामा एमाले नेतृत्वको सरकार बनेपछि त्यस भेगमा खानेपानी, सडक पुर्वाधार, सिचाई लगायतको क्षेत्रमा राम्रो काम भएको एमाले प्रबेश गर्नेहरुले बताएका थिए ।