उदयपुरमा छुट्टाछुट्टै भएको सडक दुघर्टनामा १३ जना घाईते भएका छन् । आज मध्यान्ह १२ बजेर १० मिनेट जाँदा वडा नम्बर ९ ज्यामिरेस्थित मदनभण्डारी स्मृती लोकमार्गमा पश्चिम बाट पुर्व तर्फ जादै गरेको प्रदेश १-०२-००च ६९०८ नम्बरको बोलेरो पिकअप आफै अनियन्त्रित भई रोडको उत्तर साईटमा पल्टी दुर्घटना हुदा बोलेरो चालक र सहचालक घाईते भएका छन् । घाईते हुनेमा चालक ईलामको फाक्फोकथुम गाउपालिका वडा नम्बर १ लुङचुङदाङ बस्ने बर्ष २५ को जिवन बस्नेत र सहचाकल मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर १२ शुक्रवारे टोल बस्ने बर्ष १९ को रबि राम रहेका छन् । सामान्य घाईते भएका दुवै जनाको नगर अस्पताल बेल्टारमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।
यस्तै इभि गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मदन भण्डारी लोकमार्गको कटारी–गाईघाट सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अधेँरीमा दुर्घटना भएको हो। काठमाडौ बाट गाईघाट तर्फ आउँदै गरेको प्र १–०५–००१ ज ००५८ नम्वरको इभि गाडी ओरालो बाटोमा बेक्र फेल भई अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार घाइते हुनेहरुमा त्रियुगा नगरपालिका–९ राजावासका २६ वर्षिय गोपी दनुवार, त्रियुगा–८ साईखोलाका २० वर्षिय निशन खड्का र जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने ६० वर्षिय सानुमाया श्रेष्ठलाई विराट टिचिङ अस्पताल विराटनगर रेफर गरिएको छ।
यस्तै दुर्घटनामा रौतामाई गाँउपालिका–७ का ४५ वर्षिय पुष्पा खड्का गम्भिर घाइते भएपछि उनको जिल्ला अस्पताल उदयपुरमा सामान्य उपचार गरी न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । अन्य सामान्य घाईतेको जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा डिएसपी केदारमान दोङले बताएका छन् । दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।