मदन भण्डारी आँखा अस्पतालको प्राविधिक सहयोग १०५ जना प्रहरी कर्मचारीहरुको आँखा जाँच ।

 

 

मदन भण्डारी आँखा अस्पताल गाईघाटको प्राविधिक सहयोग १०५ जना प्रहरी कर्मचारीहरुको आँखा जाँच गरिएको छ । आज जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना, नेपाल नेत्रज्योती संघ उदयपुरको सहकार्य तथा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालय उदयपुर तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको लागि आयोजित १ दिने आँखा जाँच शिविरमा उनीहरुको आँखाको जाँच गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिएका छन् ।

मदन भण्डारी आँखा अस्पतालका अध्यक्ष भागवत राउतले आपतविपतमा सम्झिने नाम प्रहरी रहेकोले उनीहरु शारिरीक र मानसिकरुपमा मात्र नभएर उनीहरुको आखाँ पनि चुस्तदुरुस्त हुनुपर्ने भएकोले आखाँको अबस्था थाहा पाउन शिविर संचालन गरिएको बताएका छन् । शिविरमा आखाँ जाँचको साथै परामर्श र थप उपचारका लागि सुझाव प्रदान गरिएको जनाइएको छ ।