११ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…

नेपाल रेडक्रस सोसाइटी उदयपुरको कार्यालय शम्भु पौडेल नेतृत्वले आज ताला फोडेर नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी सुदर्शन प्रसाद नेपाल नेतृत्वको उदयपुर जिल्ला सभापति रहेका पौडेलले जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुसहित सदरमुकाम गाईघाटस्थित रेडक्रसको कार्यालय नियन्त्रण लिएका हुन् । यसअघि अर्का मदनराज कटुवाल नेतृत्वले उपयोग गरिरहेको दुईवटा कोठासहित सबै कोठाको ताला फुटाएर आजबाट पौडेलले कार्यालय संचालन गरेका छन् । कटुवालले कार्यालयको चावी नदिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई जानकारी दिएरै आफुहरुले कोठाको ताला फुटाएर कार्यालय जिम्मा लिएको र प्रहरी प्रशासन लगायतको रोहवरमा मुचुल्ला उठाएर जिन्सी लगायतको सामाग्री पनि जिम्मा लिने प्रक्रियामा रहेको पौडेलले जानकारी दिएका छन् ।
उदयपुरमा नेपाल रेडक्रस सोसाइटीमा विवाद हुदै आएको छ । कांग्रेस नेता विनोद बस्नेतको नेतृत्वमा रहेको रेडक्रस सोसाईटी उदयपुर निस्क्रिय रहेको अबस्थामा केन्द्रमा रहेको डाक्टर नेत्रप्रसाद तिम्सिना नेतृत्वको रेडक्रसले कटुवालको संयोजक्तवमा जिल्ला अधिबेशन गर्नेगरी कमिटी गठन गरेको थियो । ढिलै भएपनि उदयपुरमा बिभिन्न पार्टीका कार्यकर्ताहरुलाई समाबेश गरेर कटुवालले नगर कमिटीहरु गठन गर्नुका साथै जिल्ला अधिबेशन सम्पन्न गरेका थिए । जिल्ला अधिबेशनले फेरी पनि कटुवाललाई नै सभापतिमा चयन गरेको थियो ।
तर यस विचमा डाक्टर तिम्सिना नेतृत्वको रेडक्रसले सुदर्शन नेपाल नेतृत्वको रेडक्रससंग सम्झदारी गरेर एक हुने बाताबरण्न बनेपनि गत असोज ९ गते बसेको बैठकले विनोद बस्नेत नेतृत्वको कार्यसमितिलाई जिल्ला सभाको बार्षिक साधारण सभा आयोजना गर्न नसकेको, बार्षिक लेखा परिक्षण, न्युन्तम सेवा कार्य तथा प्रतिवेदन पठाउने लगायतको बैधानिक कार्यहरु नगरेको भन्दै विघटन गर्दै एमाले नेता शम्भु पौडेलको संयोजक्तवमा तदर्थ समिति गरेको थियो । शम्भु पौडेललाई सभापति बनाउनका लागि एमाले उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउत, कांग्रेस उदयपुरका जिल्ला सभापति हिमाल कार्की लगायतले भुमिका खेलेको बताइएको छ । पौडेलको नेतृत्वमा समिति बनेपछि रेडक्रस उदयपुरको विवाद झन बढेर गएको थियो । यसैबिच आज पौडेल नेतृत्वले सोसाईटीको कार्यालय नियन्त्रणमा लिएको हो ।
