सक्रियता, सुजनशिलता र सकरात्मकताले जीवन सफल हुने – राजन किराँती

९ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…

सक्रियता, सुजनशिलता र सकरात्मकतालाई जीवनमा लागु गर्न सके जीवन सफल हुने कोशी प्रदेश सांसद राजन किराँतीले बताएका छन् । आज शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार स्थित ज्योति माध्यमिक बिद्यालयमा पुर्व बिद्यार्थी समाजले आयोजना गरेको वडादशै, तिहार, नेपाल सम्वत, छठ, उधौली पर्वको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । भर्खरै अवकाश हुनुभएका शिक्षक भरत झालाई आयोजकको तर्फबाट सम्मान गर्दै सांसद किराँतीले एक्टिभ, क्रिएक्टिभ र पोजेटिभलाई जीवनमा लागु गर्न सके जीवन सफल हुने बताएका छन् । उनले बिद्यालयको विकासमा ब्यक्तिगत तर्फबाट पनि सहयोगका लागि सधै तत्पर रहेको बताएका थिए । किराँती ज्योति मावि कै पुर्व बिद्यार्थी हुन् भने उनी पुर्व बिद्यार्थी समाजका सल्लाहकार समेत हुन् ।

कार्यक्रममा अनवरत ३५ बर्षसम्म ज्योति मावी बेल्टारमा अध्यापन गर्नुभएका शिक्षक भरत झालाई सम्मान गरिएको थियो । साँसद किराँती, चौदण्डीगढी नगरपालिकाका पुर्व मेयर खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल , बिद्यालयका प्रधानाध्यापक राजकुमार ओझा लगायतले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै समाजका सल्लाहकारहरु कृष्ण खत्री, कुमार खड्का, राजकुमार ओझा, खगेन्द्र राई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, पुर्व बिद्यार्थीहरु उमा तिम्सिना, मेनुका राई लगायतले चाडपर्वको शुभकामना दिदै भरत झा कुशल, अब्बल र मिहिनेती तथा प्रतिबद्ध शिक्षक रहेको भन्दै प्रशंसा गरेका थिए ।

यस्तै समाजका अध्यक्ष अन्जनी कुमार अधिकारीले कार्यक्रमले बिद्यालयबाट अबकाश पाएका शिक्षकलाई सम्मान सहित बिदाई गर्ने एउटा थितिको जग समेत निर्माण गरेको बताएका थिए । उनले आगामी दिनमा समाजको गतिबिधीलाई अझ फराकिलो बनाउदै बिद्यालयको उन्यनयमा रचनात्मक भुमिका खेल्ने बताएका थिए । अधिकारीको अध्यक्षतामा र सांसद किराँतीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा बिद्यालयका शिक्षक, पुर्व बिद्यार्थी, बिद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।