वेलकाका बाढीपीडितलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण ।

१८असोज २०८१, सन्तोष कुमार रौनियार…

असोज १२ गते कोशी नदीमा आएको भिषण बाढीबाट पीडित बेलका नगरपालिका वडा नम्बर २ का बाढीपीडितलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको छ ।

वडा नं २ अन्तर्गत रामनगर, शान्तिनगर र नारायणपुर लगायतका टोलका बाढी प्रभावितहरुलाई आजबाट सहयोगी संस्थाका प्रतिनिधि, वडा नं २ का वडाध्यक्ष, उपप्रमुख जिरा राई स्थानीय समाजसेवीहरु लगायतको उपस्थितिमा नगर प्रमुख अशोक कार्कीको नेतृत्वमा स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगी संस्थाहरु Action Against Hunger र सहारा नेपालको सहयोग, नेपाल रेडक्रस सोसाइटी, तपेश्वरी उपशाखाको सहकार्य र बेलका नगरपालिकाको आयोजनामा वडा नं २ का  ४८७ घर बाढी प्रभावितहरुलाई राहत सामग्री वितरण गरिएको हो । शान्तिनगर टोलका १६९ घरधुरी , रामनगर टोलका ९५ घरधुरी, नारायणपुर टोलका ६५ घरधुरी , गिदेरी टोलका ७६ घरधुरी यस्तै सयपत्री टोलका ५४ घरधुरी र धाराखोला टोलका २६ घरधुरी गरि जम्मा ४८७ घरघुरीलाई स्वस्थ्य सामाग्री पीयूष ९७४ वडा , झुल ४८७ थान , बाल्टिन ४८७ वटा र मग ४८७ वटा बितरण गरिएको छ ।

कार्यक्रममा साहरा नेपालका केन्द्रीय अध्यक्ष भरत गिरी , उपाध्यक्ष सोमनाथ तिमल्सिना, साहरा नेपाल साकोसका महिला उपाध्यक्ष पवित्रा सुब्बा , कार्यक्रम निर्देशक युवराज शिवाकोटी , फडिन्द्र भण्डारी र संचालक गुहेश्वरी कार्की लगायत रामपुर सेवा केन्द्रका प्रमुख दिपक पोखरेल संगै विपद व्यवस्थापन टिमको उपस्थिति रहेको थियो ।