सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेः एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

२५ जेठ २०८१, सन्तोष कुमार रौनियार…

नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशन आजबाट उदयपुरको बेल्टार बजारमा शुरु भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान मन्दिरको सभाहलमा शुरु भएको अधिबेशनको प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले युवा र महिलालाई नेतृत्वमा ल्याउनका लागि बिशेष पहल गर्न आग्रह गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथी ढकालले पद जितेर राजनीति हार्ने तरिकाले काम नगर्न आग्रह गर्दै अधिबेशनपछि आउने नेतृत्वलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

आजको कार्यक्रममा बेल्टार बसहा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुमार ल्वागुन सहित एक दर्जन नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रबेश गरेका थिए । यस्तै आज नै बन्द शत्रको पनि कार्यक्रम रहेको थियो । बन्द शत्रमा निवर्तमान कार्यबहाक नगर अध्यक्ष कृष्ण बहादुर खत्रीले सांगठनिक र निवर्तमान नगर सचिव विकास बन्जराले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आयोजक कमिटी पनि विघटन गरेर कोशी प्रदेश कमिटी सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का ईन्चार्ज प्रकाश बस्नेतको संयोकत्वमा ७ सदस्य अध्यक्ष मण्डल निमार्ण गरिएको छ । जसमा बस्नेतको संयोजक्तवमा जिल्ला कमिटी सदस्यहरु कुमारजंग कार्की, प्रकाश राउत, किशोर ताम्राकार, डिल्ली मगर, श्याम बहादुर राई र पार्वती राई सदस्य रहेका छन् । यस्तै अध्यक्ष मण्डलले जिल्ला कमिटी सदस्य सन्तोष बस्नेतको संयोजक्तवमा ५ सदस्य निर्वाचन समिति गठन गरेको छ भने निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गर्नुका साथै प्रतिनीधिहरुको मतदाता नामावली प्रकाशन गरेको छ ।

एमालेको दोश्रो नगर अधिबेशनका लागि नगरको १० बटै वडाहरु, आयोजक कमिटी र दलितबाट ३०५ जना प्रतिनीधि छनौट भएका छन् । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उपसचिव, त्यस्तै ७० जना सदस्य रहनेगरी ७५ सदस्य कार्यसमिति चयन गर्ने जनाइएको छ । अध्यक्ष पदका लागि निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बहादुर खत्री , विकास बन्जरा, भोलाचन्द्र राई र लोक बहादुर राईकोे नाम चर्चामा रहको छ । यस्तै उपाध्यक्षमा लुंङ्गराज राई, कर्ण बहादुर थापा काजी, त्यस्तै सचिवमा मिना राई र जगतराम चौधरी , उपसचिवमा अन्जना कोईरालाको नाम चर्चामा रहेको छ । यद्यपी नेताहरुले भने सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेका छन् ।