चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक खसी कप फुटवल प्रतियोगिताको २७ औं संस्करण आजबाट शुरु भएको छ । गत बर्षको उपाधी विजेताले यस बर्ष प्रतियोगिता संचालन गर्नुपर्ने प्राबधान बमोजिम दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको आयोजना आज भएको उद्घाटन खेलमा समाबेशी टिमले कल्याण चौकको ए टिमलाई २–१ गोल अन्तरले पराजित गरेको छ । बेल्टार बजारस्थित शहिद राप्रसाद राई खेल मैदानमा भएको खेलमा समाबेशी टिमका जर्सी नम्बर ३ का सोनेहाङ्ग राईले खेल शुरु भएको ९० सेकेण्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेलको १२ औं मिनेटमा कल्याण चौकका जर्सी नम्बर १२ का खेलाडी गौतमले गोल फकाउदै बराबरी गरेका थिए । पहिलो हाप १–१ ले बराबरी भएको खेलमा दोश्रो हापमा भने समाबेशी टिमले थप एक गोल गर्दै विजयी भएको थियो । खेलको ४९ औ मिनेटमा समाबेशीका जर्सी नम्बर १० का विदुर राईले गोल गर्दै टिमलाई विजयी बनाएका थिए । आजको म्यान अफ दि म्याच समाबेशी टिमका जर्सी नम्बर २५ का आनन्द राई घोषित भएका थिए । राईले पुरुस्कार स्वरुप एक हजार एक सय एघार रुपैयाँ नगद प्राप्त गरेका छन् ।

यसअघि प्रतियोगिताको उदघाट्न गर्दै चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिकादवी दुलालले खेलले सामाजिक सद्भाव कायम राख्न सफल होस भन्दै शुभकामना दिएकी थिईन् । उनले नगरपालिकाले सधै नै खेलकुदलाई प्राथमिकतामा राखेको जनाउदै नगरको साथ सहयोग रहिरहने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् । यस्तै पुर्व नगर प्रमुख खगेन्द्र राईले स्थानीयस्तरमा खेलकुद गतिबिधी संचालन गर्ने क्रममा ३ दशकअघि आफ्नै सल्लाह सुझावमा बेल्टार बजारमा पहिलो पटक खसी कप खेलकुद प्रतियोगिताको शुरुवात गरिएको स्मरण गर्दै प्रतियोगिता २७ औं संस्करणसम्म आईपुगेको र प्रतियोगितामा ठुला ठुला क्लबमा खेलीरहेका खेलाडीहरुले पनि सहभागिता जनाउन थालेको भन्दै खुशी ब्यक्त गरेका थिए ।

आयोजकका अनुसार भोलीको खेल आयोजक सि टिम र चतरा लाईन टिमबिच हुनेछ । उपाधी विजेताले ३० हजार बराबरको खसी , ट्रफी, मेडल र प्रमाणपत्र , त्यस्तै उप विजेताले १५ किलो कुखुरा ट्रफी, मेडल र प्रमाणपत्र पुरुसकार स्वरुप पाउने आयोजकले बताएको छ ।




