राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको अध्यक्षमा भुवन राई सर्वसम्मत चयन ।
१० चैत्र २०८०, सन्तोष कुमार रौनियार…
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको तेस्रो अधिवेशन आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडामा सम्पन्न भएको छ । संघका केन्द्रिय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथियतामा आज सम्पन्न भएको अधिबेशनले भुवन राईको अध्यक्षतामा ४७ सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको छ । यस्तै अधिबेशनले उपाध्यक्षमा रन्जित चौधरी , अम्मेबर राई , सचिवमा सुमन खड्का, उप सचिवमा माया विश्वकर्मा र सबिन कार्की, त्यस्तै कोषाध्यक्षमा शिवु चौधरी र प्रबक्तामा निनाम राई , संगठन बिभाग प्रमुखमा खड्ग बहादुर राई, युथ फोर्स प्रमुखमा अजय श्रेष्ठ, साईबर सर्कल प्रमुखमा माधव खड्का, युवा विज्ञ प्रमुखमा राजिन खत्री, त्यस्तै महिला बिभाग प्रमुखमा मेनुका खड्का र महिला बिभाग उप प्रमुखमा ओसिन राई लगाएत ४७ सदस्य कार्य समिति गठन गरेको छ ।
यसअघि आजै भएको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोध...









