लाइभ खबर

कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।

देश, लाइभ खबर, स्थानीय
०६  फागुन २०८१, सन्तोष कुमार रौनियार…   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहामा आउने भएका छन् । प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक अनावरण कार्यक्रमका लागि मुख्यमन्त्री कार्की भोली बसहा आउन लागेका हुन् । थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गर्न लागेको छ । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापन गर्न लागेको हो । सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो...
बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने ।

देश, लाइभ खबर, स्थानीय
०४ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा चौकमा स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक प्रतिस्थापन गरिने भएको छ । ऐतिहासिक ब्यक्तित्व तथा २००७ सालका क्रान्तिका योद्दा , बसहा बस्ती बसाउने प्रेरक ब्यक्तित्व थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापन गर्न लागेको छ । सानो आकारमा रहेको थुलुङ्गको अर्ध कदको शालिक हटाएर पुर्ण कदको शालिक राख्न लागेको हो । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी यही फागुन ७ गते प्रजातन्त्र दिवसको दिन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । सानो आकारमा रहेको श...
सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर २ सुघारेमा ६० विघा जग्गा सिचाई गर्नका लागि डिप बोरिङ्ग गर्ने कार्यको सुरुवात गरिएको छ । आज नगर प्रमुख कालुमान लामाले कृषीका लागि उर्वर भुमी भएपनि सिचाईको अभावमा राम्रो उव्जनी हुन नसकिरहेको सो क्षेत्रमा सिचाई पुर्याउनका लागि डिप बोरिङ्ग कार्यको सुरुवात गरेका छन् । भूमिगत सिचाई योजना झापाको १ करोड लागतमा निमार्ण हुने डिप बोरिङ्ग योजनाले ६० बिघामा सिचाई हुने वडा अध्यक्ष हरी खड्काले जानकारी दिएका छन् । डिप बोरिङ्ग कार्यको सुरुवात गर्दै नगर प्रमुख लामाले नगरले किसानहरुको समस्यालाई प्राथमिकतामा राखेको जनाउदै कुलो निमार्ण गरेर तथा डिप बोरिङ्गबाट भुमीगत पानी निकालेर बाझो रहेको खेतबारीलाई सिंचित गराउने कार्यमा लागेको र यसका लागि बिभिन्न निकायहरुसंग साझेदारी गरेर कार्य गरिरहेको जानकारी दिएका छन् । उनले कृषकक...
उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

उपसभामुख सृजना दनुवारद्वारा सुन्दपुरस्थित स्वास्थ्य चौकी भवनको शिल्यान्यास ।

देश, लाइभ खबर, स्थानीय
०२ फागुन २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सुन्दपुरस्थित स्वास्थ्य चौकी भवन शिल्यान्यास गरिएको छ । हिजो कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवारले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेकी हुन् । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले विनयोजन गरेको २५ लाख रुपैयाँबाट ४ कोठे भवन निमार्णका ठेक्का चौदण्डीगढीकै थानपोखरी कन्स्ट्रक्सनले भ्याटसहित १५ लाख ७१ हजारमा यसै आर्थिक बर्षमा सम्पन्न गर्ने गरि भवन निर्माणको जिम्मा लिएको ठेकदार कम्पनीका बालकुमार राईले जानकारी दिएका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपसभामुख दनुवारले पदीय जिम्मेवारीका कारण प्रत्यक्षरुपमा जनताको समस्या संसदमा राख्न नसकेपनि विकास निमार्णका कार्यसंग यहाँका जनतासंग जोडिएको बताएकी छिन् । बिशेष गरि स्वास्थ्य, कृषि, शिक्षा र भौतिक पूर्वाधारका कार्यहरुलाई प्राथमिकतामा रा...
चौदण्डीगढीमा सम्पन्न आँखा शिविरबाट २५२ जना आखाँका विरामीको मोतिविन्दुको निःशुल्क अपरेशन ।

चौदण्डीगढीमा सम्पन्न आँखा शिविरबाट २५२ जना आखाँका विरामीको मोतिविन्दुको निःशुल्क अपरेशन ।

लाइभ खबर, स्थानीय
२६ माघ २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकामा आज सम्पन्न भएको आँखा शिविरबाट २५२ जना आखाँका विरामीको मोतिविन्दुको निःशुल्क अपरेशन गरिएको छ । माघ १२ गतेदेखी शुरु भएको मोतिविन्दुको छनौट शिविरबाट २ हजार २ सय बढीको आँखाको परिक्षण गरिएकोमा २५२ जनाको मोतिविन्दुको तथा आखाँमा मासु पलाएको ६ जनाको सफल अपरेशन गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राईले जानकारी दिएका छन् । मोतिविन्दुको निःशुल्क अपरेशन गर्ने तथा स्थानीयलाई सहजरुपमा सेवा प्रदान गर्ने उदेश्यले तिलगंगा आखाँ अस्पताल काठमाडौं र चौदण्डीगढी नगरपालिकाको संयुक्त आयोजना तथा भिजन हिमालय फाउण्डेशनको सहयोगमा चौदण्डीगढी नगरपालिकाको दशवटै वडा तथा छिमेकी पालिका बेलका नगरपालिकाको वडा नम्बर १,२ र ४ मा माघ १२ गतेदेखी मोतिविन्दुको छनौट शिविर संचालन गरिएको थियो भने माघ २३,२४ र २५ गते तीन दिन उनीहरुको निःशुल्क अपरेशन गरिएको थिय...
चौदण्डीगढीमा सम्पन्न केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको विजेता न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर ।

चौदण्डीगढीमा सम्पन्न केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको विजेता न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुर ।

खेलकुद, लाइभ खबर, स्थानीय
२५ माघ २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकामा केपी ओली कपको प्रचारात्मक फुटसल प्रतियोगिताको उपाधी सप्तरीको न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको छ । राष्ट्रिय युवा संघ नेपाल उदयपुरको आयोजनामा तेस्रो संस्करणको केपी ओली कपको प्रचारप्रसारका लागि आज वडा नम्बर ६ बेल्टारस्थित स–शस्त्र प्रहरी बेस क्याम्पको खेल मैदानमा भएको केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१ को उपाधी न्यु त्रियुगा स्पोर्टस् क्लब फत्तेपुरले जितेको हो । आज भएको फाईनल खेलमा बेल्टार युवा एकता क्लबलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगाले उपाधीमाथी कबजा जमाएको हो । पहिलो हाफ्को खेल गोलरहित बराबरी भएको थियो भने दोश्रो हाफ्को ७ औं मिनेटमा न्यु त्रियुगाको तर्फबाट जर्सी नम्बर ५ का सागर रायले गोलपोष्टमा गोलरक्षक नरहेको मौकाको फाईदा उठाउदै गोल गरेका थिए । तर १...
सुन्दरपुर बजारको सडक कालोपत्रे हुने ।

सुन्दरपुर बजारको सडक कालोपत्रे हुने ।

लाइभ खबर, स्थानीय
१७ माघ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ स्थित सुन्दरपुर बजारको सडक कालोपत्रे हुने भएको छ । शहरी विकास मन्त्रालयको एक करोड रुपैयाँबाट करिव एक किलोमिटर लम्बाई र ५ मिटर चौडाईको सडक कालोपत्रे हुने वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकालले जानकारी दिएका छन् । स्थाीय पुर्वाधार विकास आयोजना कार्यालय ईटहरीका अनुसार सिवाई सुन्दरपुर सडक निमार्ण तथा स्तरोन्नती अन्तर्गत प्रिमिक्स गुणस्तरको कालोपत्रे हुनेछ भने योजनाको ठेक्का धनलक्ष्मी निमार्ण सेवाले भ्याट र पिसी बाहेक ६७ लाख १९ हजार २८० रुपैयाँमा पाएको छ । गत पुष १९ गते ठेक्का सम्झौता भएको योजना सम्पन्न मिति २०८२ साल जेष्ठ ३० गतेसम्म रहेको छ । यसै सडकको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान, पुर्व नगर प्रमुख खगेन्द्र राईले संयुक्तरुमा शिलान्यास गरेका छन् । सुन्दरपुरमा भएको शिलान्यास कार्यक्रमम...
नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश ।

नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश ।

खेलकुद, लाइभ खबर, स्थानीय
१७ माघ २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको बसहामा जारी १० औं संस्करणको स्वर्गीय नारदमुनी थुलुङ्ग स्मृती गोल्ड कप फुटवल प्रतियोगितामा एलएक्स सिटी फुटबल क्लब मोरङलाई पराजित गर्दै सलहेश युवा क्लब सिरहा सेमिफाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनी रंगशालामा आज भएको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई २–१ ले पराजित गर्दै सलहेश युवा क्लब सेमीफाईनलमा प्रबेश गरेको हो । सलहेश युवा क्लबको तर्फबाट पहिलो हाफ्को २३ औँ मिनेटमा जर्सी नम्बर ७ का विदेशी खेलाडी श्याम मुर्मुले गोल गर्दै अग्रता दिलाएका थिए । तर खेलको ४० औँ मिनेटमा जर्सी नम्बर १२ का रोहन कार्कीले सिटी फुटबल क्लब मोरङको तर्फबाट बराबरी गोल फर्काएका थिए । पहिलो हाफ् १–१ को बराबरी रहेको खेलको दोश्रो हाफ् प्रतिस्पर्धात्मक रहेको थियो । खेलको ६० औँ मिनेटमा जर्सी नम्बर १७ का मिलन राईले सलह...
बेल्टारमा पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

बेल्टारमा पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

लाइभ खबर, स्थानीय
१५ माघ २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टारमा पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ७ को सभाहलमा खोप समन्वय समिति, जनप्रतिनीधि, स्वंमसेवक तथा सरोकारवालाहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । नेपाल सरकारले यही माघ २३ गतेदेखी फागुन ७ गतेसम्म कक्षा ६ देखी कक्षा १० सम्म बिद्यालयमा अध्ययनरत तथा १० बर्षदेखी १४ बर्ष उमेर समुहका बिद्यालयबाहिरका किशोरीहरुलाई महिलाहरुको पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपीभि खोप अभियान संचालन गर्दैछ । सोही अभियानको तयारीका लागि नगर स्वास्थ्य शाखा तथा आधारभुत नगर अस्पताल बेल्टारको आयोजनामा सरोकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो । अभिमुखीकरण कार्यक्रम आधारभुत नगर अस्पताल बेल्टारका जनस्वास्थ्य निरिक्षक मदन कार्कीले महिल...
चौदण्डीगढीमा सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रममा विदेशीको समेत चासो।

चौदण्डीगढीमा सञ्चालित अपाङ्गता सम्बन्धी कार्यक्रममा विदेशीको समेत चासो।

लाइभ खबर, स्थानीय
१४ माघ २०८१, सन्तोष कुमार रौनियार…   चौदण्डीगढी नगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी कार्यक्रममा विदेशीले समेत चासो देखाएका छन् । कोशी प्रदेशका १३७ वटा पालिकाहरुमा संचालित अपाङ्गता रोकथाम तथा पुनःस्थापन कार्यक्रम मध्ये चौदण्डीगढी नगरपालिकामा नमुना काम भएको भन्दै सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने सामाजिक संस्थाका प्रतिनीधि मण्डलले आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठ लगायतसंग भेटगरी अपाङ्गता रोकथाम तथा पुनःस्थापन सम्बन्धी नगरपालिकाले गरेको कार्यहरुको बारेमा जानकारी लिएका छन् । सियरालियोन र ईथियोपियामा अपाङ्गताको क्षेत्रमा काम गर्ने म्याक्स फाउण्डेशन, वान पर्सपेक्टिभ फाउण्डेशन र वान फेम्ली सियरालियोनका प्रतिनिधिहरुले यहाँको सिकाईलाई उनीहरुकोे देशमा अनुशरण गर्न उदेश्यले भ्रमण ग...