चौदण्डीगढीमा सामुदायिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत १०५ जना बिद्याथीलाई छात्रबृती प्रदान।
सन्तोष कुमार रौनियार..
उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रका सामुदायिक बिद्यालय तथा क्याम्पसमा अध्ययनरत एक सय पाँच जना बिद्याथीलाई छात्रबृती प्रदान गरिएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई छात्रबृती रकम प्रदान गरिएको हो । बैंक खाता उपलब्ध गराएका बिद्यार्थीको बैंक खातामा तथा बैंक खाता उपलब्ध नगराएका बिद्यार्थीहरुलाई नगद नै छात्रबृती रकम प्रदान गरिएको छ । नगर शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुवँरले बिद्यालयका बिद्यार्थीहरुलाई ७ हजार र क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई जनही १२ हजार रुपैयाँ छात्रबृती रकम उपलब्ध गराएको जानकारी दिएका छन् । बिद्यालयतर्फ सिंहदेवी मावी माडिबास, मावी आमसाल बसहा, नारद आदर्श मावि बसहा, मावि सिवाई सिवाई, ज्योति मावी बेल्टार, जनता मावी हडिया, थानपोखरी मावी ज्यामिरेका ७२ जना र क्याम्पसतर्फ ज्योती जनता क...









