लाइभ खबर

कोशी प्रदेश स्तरीय छनौटमा चौदण्डीगढी नगरपालिकाका ३ जना खेलाडी छनौट हुन सफल ।

कोशी प्रदेश स्तरीय छनौटमा चौदण्डीगढी नगरपालिकाका ३ जना खेलाडी छनौट हुन सफल ।

खेलकुद, लाइभ खबर, स्थानीय
८ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… १६ बर्ष मुनीका साफ महिला च्याम्पियनसिप फुटवल प्रतियोगिता SAFF U-16 Women’s Championship 2024 को कोशी प्रदेश स्तरीय छनौटमा उदयपुरको चौदण्डीगढी नगरपालिकाका ३ जना खेलाडी छनौट हुन सफल भएका छन् । गत पुष ७ गते भएको जिल्ला छनौट र शनिवार भएको कोशी प्रदेश स्तरीय छनौटमा सिर्वानी फूटबल क्लबका आकृती राई, सोनिका खड्का र पम्फा घिमिरे (परिस्ता ) छनौट हुन सफल भएको कोशी प्रदेश फुटवल संघले जनाएको छ । उनीहरुको माघ ९ गते, भोली काठमाडौंमा केन्द्रिय छनौट हुने जनाइएको छ । कोशी प्रदेश छनौटमा उदयपुर,सुनसरी र इलामबाट ३/३ जना मोरङ्गबाट ६ जना, त्यस्तै पाँचथर र झापाबाट ४/४ जनागरी जम्मा २३ जना छनौट हुन सफल भएका छन् । मार्च २०२४ को १ तारिखबाट काठमाडौंमा हुने प्रतियोगितामा नेपाल, भुटान, बंगलादेश र भारतका १६ बर्षमुनीका महिला खेलाडीहरुको सहभागिता रहनेछ । नेपालको पहिलो ख...
सुनकोशी नदीस्थित बङ्शिलाघाटमा मोटरेवल पक्की पुलको निर्माणकार्य शुरु  ।

सुनकोशी नदीस्थित बङ्शिलाघाटमा मोटरेवल पक्की पुलको निर्माणकार्य शुरु ।

लाइभ खबर, स्थानीय
५ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका र खोटाङको बराहापोखरी गाउँपालिका जोड्ने सुनकोशी नदीस्थित बङ्शिलाघाटमा मोटरेवल पक्की पुलको निर्माणकार्य शुरु भएको छ । हिजो चौदण्डीगढी नगरपालिकाका पुर्व नगरप्रमुख खगेन्द्र राई लगायतले निमार्ण कार्यको निरिक्षण गरेका छन् । अहिले पाईलिङ मेशिनले पिलरका लागि जग खन्ने कार्य भैरहेको छ । उदयपुर र खोटाङ्ग जोड्ने महत्वपुर्ण नाकामध्येको एक बंशिलाघाट पुलको जग खन्ने कार्य बुधवारदेखी शुरु भएको हो । एउटा पिलर निर्माणका लागि वरिपरि २४ वटा पाईलिङ गरेर सानो सानो पिलर निर्माण गरिने र सबैलाई जोडेर एक ढिक्का बनाई एउटा पिलर निर्माण हुने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रकाशचन्द्र खरेलले जानकारी दिएका छन् । १ सय ५० मिटर लम्बाई र ११ मिटर चौडाईको ५०–५० मिटरको ३ वटा स्पान र ४ वटा पिलर रहने मोटेरेवल पुल बनाउन मूल्य अभिवृद्धि कर (...
चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै !

चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै !

बिबिध, लाइभ खबर, स्थानीय
१ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बन्दै गएको छ । साविक वडा नम्बर ६ बेल्टार बजार स्थित स–शस्त्र प्रहरी क्याम्प नजिक आँपखरहे सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा रहेको फोहर फाल्ने स्थानमा स्थानीयले फोहर फाल्न रोक लगाएपछि फोहरमैला ब्यबस्थापनको बिषय थप पेचिलो बनेको हो ।नगरपालिकाले वडा नम्बर ६ र ७ को बेल्टार बजार, वडा नम्बर ३ र ४ को बसहा क्षेत्रको फोहर सो स्थानमा ब्यबस्थापन गर्दै आएको थियो । गत असोज १६ गते नगरपालिकामा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका लागि दिर्घकालिन स्थानको पहिचान गर्ने र हाल फोहर फालिरहेको क्षेत्र र यसअघि नगरपालिकाले वडा नम्बर ६ र ९ को सिमानामा निमार्ण गरेको डम्पिङ्ग साईटमा दुर्गन्ध नफैलिनेगरी फोहर ब्यबस्थापन ...
चौदण्डीगढी नगरपालिकामा संचालित आँखा शिविरमा ३१९ जनाको आखाँको सफल शल्यक्रिया सम्पन्न ।

चौदण्डीगढी नगरपालिकामा संचालित आँखा शिविरमा ३१९ जनाको आखाँको सफल शल्यक्रिया सम्पन्न ।

बिबिध, लाइभ खबर, स्थानीय
  २५ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा संचालन भएको आँखा शिविरमा ३१९ जना आखाँको विरामीको सफल शल्यक्रिया गरिएको छ । आज सम्पन्न शिविरमा ३१६ जनाको आखाँको मोतीविन्दु र ३ जनाको आँखामा मासु पलाएकाको अपरेशन गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राईले जानकारी दिएका छन् । राईका अनुसार पुष १६ गते चौदण्डीगढी नगरपालिकाको १० वटै वडालाई समेटनेगरी चौदण्डी, सिद्धिपुर, आमसाल, बर्खेडाँडा, सुन्दरपुर, माडिबास, हडिया, सिर्वानी स्वास्थ्य चौकी तथा कोभिड अस्पताल र छिमेकी बेलका नगरपालिकाको वडा नम्बर ५ खयरवनीस्थित आधारभुत स्वास्थ्य चौकी भवन र वडा नम्बर ७ को मैनामैनीमा मोतियाविन्दु र आँखाको अन्धोपन गराउन सक्ने आँखाका रोग भएका विरामीहरुको छनौट शिविर संचालन गरिएको थियो । जसमा ३ हजारभन्दा बढी नागरिकले आँखाको परिक्...
त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।

त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।

लाइभ खबर, स्थानीय
२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका प्रतिनीधि मण्डलले चेतावनी दिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका नगरका अगुवा राजनीतिज्ञ, ब्यापारी, ब्यबसायीहरुको प्रतिनीधि मण्डलले साढे २ बर्षअघी भत्किएको वडा नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको मोटरेवल पुलको पुनःनिमार्णका बिषयमा ध्यानाकर्षण गराउन संघीय यातायात मन्त्री प्रकाश ज्वालासंग भेट गरेका छन् । हिजो भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालालाई भेट गर्दै प्रतिनीधि मण्डलले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै चौदण्डीगढी नगरपालीकाका पुर्व मेयर खगेन्द्र राईले आफु यस पुलको सिलान्यासदेखी नै जोडिएको बताउदै २०६६ सालमा सम्झौता भएको पुल शिलान्यास...
फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुद्वारा सामुहिक राजिनामा ।

फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुद्वारा सामुहिक राजिनामा ।

लाइभ खबर, स्थानीय
१९ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनका निम्ती नगरपालिकाले गठन गरेको फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । समितिका सचिव विदुर राई, सदस्यहरु गोपाल मगर, शंकर थापा, गोमा गजुरेल सेढाई लगायत अधिकांश सदस्यहरुले समितिका अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतलाई राजीनामा दिएका छन् । उनीहरुले समितिका सदस्यहरुसंग सरसल्लाह नगरी पुरानै बस्ती नजिक वडा नम्बर ६ को आँपखहरे बन क्षेत्रमा नगर स्तरीय डम्पिङ्ग साईट निमार्णका लागि काम थालिनु पुर्व सहमति विपरित भएकाले नैतिकताका आधारमा सामुहिक राजीनामा दिएको बताएका छन् । गत पुष ८ गते उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । यसअघि गत असोज १६ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका ला...
उदयपुरको बेल्टारमा पनि ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो ।

उदयपुरको बेल्टारमा पनि ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो ।

लाइभ खबर, स्थानीय
१७ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हिजो उदयपुरको बेल्टारमा पनि एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला आफू राष्ट्रिय एकताका लागि जीवन अर्पण नै गर्न समेत तयार भएको भन्दै मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फिर्ता आएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ ले आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित क्षेत्रीय पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खग...

नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
१२ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगरका क्रियाशिल दलका अगुवा नेताहरुले हिजो नगर प्रमुख कालुमान लामालाई एक ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल, एमाले उदयपुर जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र कटुवाल, किशोर ताम्राकार, पार्वती राई, नेकपा एसकी कोशी प्रदेश सदस्य चुना थापा, रास्वपाका नेता पवन कार्की, प्रिया राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायतका नेता तथा सामाजिक अगुवाहरुले नगर अस्पताल बेल्टारको सेवा सुविधाको बिषयमा ब्यापक जनगुनासो आएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । पुष ९ गते वडा नम्बर ७ का वडा अध्यक्ष केशव अध...
नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
११ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगरका क्रियाशिल दलका अगुवा नेताहरुले आज नगर प्रमुख कालुमान लामालाई एक ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल, एमाले उदयपुर जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र कटुवाल, किशोर ताम्राकार, पार्वती राई, नेकपा एसकी कोशी प्रदेश सदस्य चुना थापा, रास्वपाका नेता पवन कार्की, प्रिया राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायतका नेता तथा सामाजिक अगुवाहरुले नगर अस्पताल बेल्टारको सेवा सुविधाको बिषयमा ब्यापक जनगुनासो आएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । पुष ९ गते वडा नम्बर ७ का वडा अध्यक्ष केशव अ...