लाइभ खबर

एमाले चौदण्डीगढी नगर कमिटीमा युवा नेतृत्व विजयी ।

एमाले चौदण्डीगढी नगर कमिटीमा युवा नेतृत्व विजयी ।

लाइभ खबर, स्थानीय
२६जेठ २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले चौदण्डीगढीमा युवा नेतृत्वले विजयी हासिल गरेको छ । दोश्रो नगर अधिबेशन अन्तर्गत आज भएको नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको चुनावमा निवर्तमान नगर सचिव बिकास बन्जराले निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बहादुर खत्रीलाई ४७ मतान्तरले पराजित गरेका छन् । बन्जराले १६१ मत ल्याएर निर्वाचित हुँदा खत्रीले ११४ मत ल्याएका छन् । जम्मा मतदाता संख्या ३०६ रहेकोमा २८२ मत खसेको थियो । यस्तै उपाध्यक्षमा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई विजयी भएका छन् । राईले १६१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तिलावती राईले १०५ मत प्राप्त गरेकी छिन् । सचिवमा भने मिना कुमारी राईले १९४ मत ल्याएर विजयी भएकी छिन् । राईकी प्रतिस्पर्धी कर्ण बहादुर थापा काजीले ७५ मत प्राप्त गरेका छन् । त्यस्तै उपसचिव महिलातर्फ कमला खड्का विजयी भएकी छिन् भने खुल्लातर्फबाट जगतराम चौधर...
सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेः एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेः एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

लाइभ खबर, स्थानीय
२५ जेठ २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशन आजबाट उदयपुरको बेल्टार बजारमा शुरु भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान मन्दिरको सभाहलमा शुरु भएको अधिबेशनको प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले युवा र महिलालाई नेतृत्वमा ल्याउनका लागि बिशेष पहल गर्न आग्रह गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथी ढकालले पद जितेर राजनीति हार्ने तरिकाले काम नगर्न आग्रह गर्दै अधिबेशनपछि आउने नेतृत्वलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । आजको कार्यक्रममा बेल्टार बसहा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुमार ल्वागुन सहित एक दर्जन नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रबेश गरेका ...
एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा / अध्यक्षमा ४ जनाको नाम चर्चामा ।

एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा / अध्यक्षमा ४ जनाको नाम चर्चामा ।

लाइभ खबर, स्थानीय
२४जेठ २०८१, सन्तोष कुमार रौनियार… भोली शुक्रवार बाट शुरु हुने नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान सहभाहलमा हुने अधिबवेशनको उद्घाटन प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ । अधिबेशन तयारीको बारेमा नेकपा एमाले चौदण्डीगढी दोश्रो नगर अधिबेशन आयोजक कमिटीले आज बेल्टारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जेठ २५ र २६ गते हुने अधिबेशनको तयारी पुरा भएको जनाएको छ । अधिबेशन आयोजक कमिटीको संयोजक निवर्तमान एमाले नगर कार्यबहाक अध्यक्ष कृष्ण खत्रीले अधिबेशनका लागि निमार्ण गरिएको उपसमितिहरुले आफ्नो कार्य अन्तिम चरणमा पुर्याएको बताउदै अधिबेशनको तयारी पुरा भएको बताएका हुन् । अधिबेशन तयारीका लागि आर्थिक व्यवस्थापन , प्रचा...
३ दिनपछि उठ्यो बेल्टार बजारको लाफा चौकको फोहर ।

३ दिनपछि उठ्यो बेल्टार बजारको लाफा चौकको फोहर ।

लाइभ खबर, स्थानीय
२१ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको मुख्य सडकलाई अबरोध हुनेगरी गत शुक्रवार फालिएको फोहर आज उठेको छ । नेकपा एमालेका केही ब्यक्तिहरु मिलेर ३ दिनदेखीको फोहर उठाएर बाटोको अबरोध खुलाएको नेकपा एमाले चौदण्डीगढीका नेता शुम्भु पौडेलले बताएका छन्। बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै गत शुक्रवार पसल अगाडीको मुख्य सडकनै अबरोध हुनेगरी फोहर राखेर विरोध गरेका थिए । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेकोमा लाफा चौक बाहेकको अन्य क्षेत्रको फोहर भने नगरपालिकाका सफाई कर्मचारी र नगर प्रहरीको टोलीले उठाएर सडक अबरोध खुलाएको थियो भने लाफा चौकका ब्यापारीले फोहर उठाउन नदिएपछि नगरपालिकाको टिफर र ट्याक्टरसहित आएको सफाई कर्मचारी फोहर नउठाई फर्किएका थिए । ब्यापारीहरुले नि...
बेल्टार बजारको फोहर न उठेपछि स्थानिय ब्यापारीद्वारा मुख्य बाटोमा फोहर राखेर बिरोध प्रदर्शन ।

बेल्टार बजारको फोहर न उठेपछि स्थानिय ब्यापारीद्वारा मुख्य बाटोमा फोहर राखेर बिरोध प्रदर्शन ।

लाइभ खबर, स्थानीय
१८ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै पसल अगाडीको मुख्य सडकमा फोहर राखेर विरोध गरेका छन् । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेका हुन् । उनीहरुले फोहर सडकमा राखेको जानकारी प्राप्त हुनासाथ टिफर र ट्याक्टरसहित नगर प्रहरीको नेतृत्वमा सफाईकमी आएर फोहर संकलन गर्न खोजेपनि ब्यापारीहरुले नियमितरुपमा फोहर उठ्न् सुनिश्चिता नभएसम्म फोहर उठाउन नदिने भनेपनि बजारलाईनको फोहर उठन सकेन । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले साप्ताहिकरुपमा फोहर उठाउने ब्यबस्था मिलाउनका लागि प्रयास गर्ने भन्दै गरेको आग्रहलाई उनीहरुले नमानेपछि नगरपालिकाले फोहर उठाउन पठाएको टिफर र ट्याक्टरसहित सफाईकर्मी फर्किएका थिए । डम्पिङ्ग साईटको अभावमा विगत ६ मह...
चौदण्डीगढी नगरपालिकाको गडन्तामा बेसार उद्योग संचालन ।

चौदण्डीगढी नगरपालिकाको गडन्तामा बेसार उद्योग संचालन ।

लाइभ खबर, स्थानीय
१७ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेसार पकेट क्षेत्र वडा नम्बर १ गडन्तामा बेसार उद्योग संचालनमा आएको छ । सूर्यज्योति महिला बहुउदेश्यीय सहकारी संस्थाद्वारा संचालित हुने चौदण्डीगढी बेसार उद्योगको आज एक कार्यक्रमकाबीच चौदण्डीगढी नगरपालिकाकी उप मेयर मणिकादेवी दुलालले उद्घाटन गरेकी छिन् । बेसार प्रबद्र्धन कार्यक्रम अन्तर्गत चौण्डीगढी नगरपालिकाको झण्डै २ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट उद्योग स्थापना भएको हो । बेसार उद्योग संचालनमा आएसंगै यहाँका किसान हर्षित भएका छन् । नगरपालिकामा वडा नम्बर १ चौदण्डी, वडा नम्बर २ माडिबास र वडा नम्बर ८ सिद्धिपुरलाई बेसारको पकेट क्षेत्रको रुपमा मानिन्छ । उद्योग स्थापना कार्यक्रमको उद्घाटन गर्दै उप मेयर दुलाललेउद्योग संचालन गर्नु आफैमा चुनौतीपुर्ण कार्य रहेको भनदै सामुहिक सोचकासाथ एकताबद्ध भएर कार्य गरे...
चौदण्डीगढी नगरपालिकामा पनि मनाइयो २५६८ औं बुद्धजयन्ती ।

चौदण्डीगढी नगरपालिकामा पनि मनाइयो २५६८ औं बुद्धजयन्ती ।

लाइभ खबर, स्थानीय
१० जेठ २०८१, सन्तोष कुमार रौनियार… २५६८ औं बुद्धजयन्ती उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि मनाइएको छ । नेपाल मगर संघ चौदण्डीगढी नम बुद्ध विहार संचालन समितिको आयोजनामा प्रभातफेरी सहित शान्ति स्थापनामा भगवान बुद्धको योगदानको चर्चा गर्दै बुद्धजयन्ती मनाइएको हो । बेल्टार बजारको परिक्रममा गरेर वडा नम्बर ६ स्थित स–शस्त्र क्याम्प नजिक रहेको चौदण्डीगढी नम बुद्ध विहार स्थलमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी रहेका चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले बुद्धको सन्देशलाई आत्मसात गर्दै अगाडी बढ्नु पर्ने बताएका थिए । यस्तै कालिका मावी सिवार्नीका प्रधानाध्यापक राजबहादुर राना मगरले भगवान बुद्धको जीवनीमाथी प्रकाश पार्दै धर्मले खुशी दिने भएकोले त्यसको महत्व रहेको बताएका थिए । उनले भगवान बुद्धले संसारमा दुख छ, दुखको कारण पनि छ र दुखको समाधान पनि छ भ...
बेल्टार बसहा उद्योग बाणिज्य संघको अध्यक्षका गोविन्द थापा निर्वाचित ।

बेल्टार बसहा उद्योग बाणिज्य संघको अध्यक्षका गोविन्द थापा निर्वाचित ।

लाइभ खबर, स्थानीय
०७ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित ब्यापारी ब्यबसायीहरुको छाता संगठन बेल्टार बसहा उद्योग बाणिज्य संघको अध्यक्षमा बेल्टार बजारका स्थानीय ब्यापारी गोविन्द थापा निर्वाचित भएका छन् । बेल्टार बजारस्थित संघको कार्यालयमा भएको चुनावबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन् । २४१ जना मतदाता रहेकोमा २०२ मत बसेको थियो । जसमा थापाले १०८ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी निवर्तमान अध्यक्ष कुमार विश्वकर्माले ९३ मत प्राप्त गरेका थिए । एक मत भने बदर भएको थियो । अध्यक्षमा २ जनाको दावेदारी परेपछि आज बिहान १० बजेसम्ममा सहमतिको लागि निर्वाचन कमिटीले समय दिएकोमा सहमति हुन नसकेपछि मतदान भएको थियो । यसअघि जेठ ५ गतेको बन्द शत्रले संघको अध्यक्ष बाहेक सबै पदमा सर्वसम्मतरुपले कार्यसमिति चयन गरेको थियो । उपाध्यक्षमा उद्योगतर्फ सुरेन्द्र ल्वागुन...
मदन आश्रितको सम्झनामा बेल्टारमा स्मृती सभा ।

मदन आश्रितको सम्झनामा बेल्टारमा स्मृती सभा ।

लाइभ खबर, स्थानीय
०३ जेठ २०८१, सन्तोष कुमार रौनियार… ३१ औं मदन आश्रित स्मृती दिवस बिभिन्न कार्यक्रम गरी उदयपुरमा मनाइएको छ । सो अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा स्मृती सभाको आयोजना गरिएको छ । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति उदयपुरको आयोजना र नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको समन्वयमा बेल्टार बजारस्थित मदन चौकमा भएको कार्यक्रममा मदन भण्डारी र जिवराज आश्रितको तस्विरमा माल्यार्पन गरी मैनवत्ती बालेर दिप प्रज्वलन गरिएको थियो । एमाले उदयपुरका प्रदेश देखी वडा कमिटी स्तरका नेताहरुको बाक्लो उपस्थितीमा भएको कार्यक्रममा एमाले उदयपुरका ८ बटै पालिकाका ईन्चार्ज अम्बिका थापाले मदन भण्डारी र जिवराज आश्रितको योगदानको चर्चा गरेकी थिईन् । थापाले मदन भण्डारीले दिएको जनताको वहुदलिय जनवाद जनताको विचार भएकोले त्यसलाई लागु गरेर समाजवादको बाटोमा अघि बढ्न सकिने बताएकी थिईन् । उनले मदन चौकमा भण्डारीको शालिक...
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि लाभग्राहीहरुले बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि लाभग्राहीहरुले बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने ।

देश, लाइभ खबर, स्थानीय
३१ बैशाख २०८१, सन्तोष कुमार रौनियार… सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि लाभग्राहीहरुले अनिवार्यरुपमा बायोमेट्रिक भेरिफिकेशन गराउनुपर्ने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज एक सुचना जारी गर्दै राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले पठाएको पत्र अनुसार आगामी श्रावण १ गतेदेखी नगरपालिका भित्र सामाजिक सुरक्षा भत्ता गर्ने लाभग्राहीको नविकरण तथा नयाँ निवेदन दर्ता गर्दा राष्ट्रिय परिचय पत्रमा आधारित बायोमेट्रिक भेरिफिकेशन अनिर्वाय गरिने भएकोले बायोमेट्रिक भेरिफिकेशन गर्न आग्रह गरेको छ । साथै राष्ट्रिय परिचय पत्र बनाउन बाँकी रहेका सामाजिक सुरक्षा भत्ता गर्ने लाभग्राहीलाई जिल्ला प्रशासन कार्यालय गाईघाटमा गएर राष्ट्रिय परिचय पत्र बनाउन र यस अघिनै राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गराई बायोमेट्रिक गराईसकेका लाभग्राहीहरुलाई राष्ट्रिय परिचय पत्र नम्बर प्राप्त नभएको भए राष...