चौदण्डीगढी वडा नं. ६ मा एक महिने ब्याग डिजाइन तथा निर्माण तालिम सम्पन्न ।
२० आसार २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा संचालित एक महिने ब्याग डिजाइन तथा निर्माण तालिमको सम्पन्न भएको छ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको साझेदारी तथा चौदण्डीगढी नगरपालिकाको आयोजनामा भएको तालिमको आज सिर्वानीस्थित वडा कार्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर नगर उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठ, वडा अध्यक्ष अम्बर बहादुर खड्का, सामाजिक विकास शाखा प्रमुख सत्यनारायण हुजदार, लेखा प्रमुख अम्मर थापा लगायतको उपस्थितीमा समापन गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर उपप्रमुख मणिकादेवी दुलालले आफु पहिला देखिनै महिलाका क्षेत्रमा काम गर्दै आएको बताउदै तालिमले एकल महिलालाई स्वरोजगार बन्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएकी छिन् । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत जित बहादुर श्रेष्ठले ताल...








