लाइभ खबर

आधारभुत नगर अस्पताल बेल्टारमा आजबाट फिजियोथेरापी सेवा सुरु ।

आधारभुत नगर अस्पताल बेल्टारमा आजबाट फिजियोथेरापी सेवा सुरु ।

लाइभ खबर, स्थानीय
४ मंसिर २०८१, सन्तोष कुमार रौनियार… आधारभुत नगर अस्पताल बेल्टारमा आजबाट फिजियोथेरापी सेवा सुचारु भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित आधारभुत नगर अस्पतालको सेवा प्रवाहलाई थप ब्यबस्थित र बिस्तार गर्नेक्रममा आजदेखी फिजियोथेरापी सेवा शुरु गरिएको हो । नगर प्रमुख कालुमान लामाले आज सो सेवाको सुरुवात गरेका थिए । फिजियोथेरापी सेवा शुरु भएपछि अब उदयपुर सदरमुकाम गाईघाट र धरान, विराटनगर जस्ता स्थानका अस्पतालमा यो सेवाका लागि जानुपर्ने बाध्यता हट्ने बिश्वास गरिएको छ । अस्पतालकी फिजियोथेरापिस्ट प्रियंका तामाङ्गका अनुसारफिजियोथेराी आधुनिक चिकिस्ताको महत्वपुर्ण क्षेत्र रहेको जसले बिशेषगरी हड्डी,मांसपेशी लगायत अन्य अंगहरुको पुनस्थापना र सुधारमा योगदान पुर्याउने बताएकी छिन् । बिशेषगरी हड्डी र जोर्नीको समस्या भएका विरामी उपचार गर्न फिजियोथेरापी सेवाले सहयोग पुग्ने तामाङ्गको भनाई छ । ...
शम्भु पौडेल नेतृत्वद्वारा रेडक्रस सोसाइटी उदयपुरको कार्यालय ताला फोडेर नियन्त्रणमा ।

शम्भु पौडेल नेतृत्वद्वारा रेडक्रस सोसाइटी उदयपुरको कार्यालय ताला फोडेर नियन्त्रणमा ।

लाइभ खबर, स्थानीय
११ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… नेपाल रेडक्रस सोसाइटी उदयपुरको कार्यालय शम्भु पौडेल नेतृत्वले आज ताला फोडेर नियन्त्रणमा लिएको छ । नेपाल रेडक्रस सोसाइटी सुदर्शन प्रसाद नेपाल नेतृत्वको उदयपुर जिल्ला सभापति रहेका पौडेलले जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुसहित सदरमुकाम गाईघाटस्थित रेडक्रसको कार्यालय नियन्त्रण लिएका हुन् । यसअघि अर्का मदनराज कटुवाल नेतृत्वले उपयोग गरिरहेको दुईवटा कोठासहित सबै कोठाको ताला फुटाएर आजबाट पौडेलले कार्यालय संचालन गरेका छन् । कटुवालले कार्यालयको चावी नदिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरलाई जानकारी दिएरै आफुहरुले कोठाको ताला फुटाएर कार्यालय जिम्मा लिएको र प्रहरी प्रशासन लगायतको रोहवरमा मुचुल्ला उठाएर जिन्सी लगायतको सामाग्री पनि जिम्मा लिने प्रक्रियामा रहेको पौडेलले जानकारी दिएका छन् । उदयपुरमा नेपाल रेडक्रस सोसाइटीमा विवाद हुदै आएको छ । कांग्र...
सक्रियता, सुजनशिलता र सकरात्मकताले जीवन सफल हुने – राजन किराँती

सक्रियता, सुजनशिलता र सकरात्मकताले जीवन सफल हुने – राजन किराँती

लाइभ खबर, स्थानीय
९ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… सक्रियता, सुजनशिलता र सकरात्मकतालाई जीवनमा लागु गर्न सके जीवन सफल हुने कोशी प्रदेश सांसद राजन किराँतीले बताएका छन् । आज शुक्रवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजार स्थित ज्योति माध्यमिक बिद्यालयमा पुर्व बिद्यार्थी समाजले आयोजना गरेको वडादशै, तिहार, नेपाल सम्वत, छठ, उधौली पर्वको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा उनले सो कुरा बताएका हुन् । भर्खरै अवकाश हुनुभएका शिक्षक भरत झालाई आयोजकको तर्फबाट सम्मान गर्दै सांसद किराँतीले एक्टिभ, क्रिएक्टिभ र पोजेटिभलाई जीवनमा लागु गर्न सके जीवन सफल हुने बताएका छन् । उनले बिद्यालयको विकासमा ब्यक्तिगत तर्फबाट पनि सहयोगका लागि सधै तत्पर रहेको बताएका थिए । किराँती ज्योति मावि कै पुर्व बिद्यार्थी हुन् भने उनी पुर्व बिद्यार्थी समाजका सल्लाहकार समेत हुन् । कार्यक्रममा अनवरत ३५ बर्षसम्म ज...
समयमै एम्बुलेशन उपलब्ध नगराएको भन्दै मृतकका आफन्तद्वारा नगर प्रमुख  लामासंग अभद्र ब्यबहार।

समयमै एम्बुलेशन उपलब्ध नगराएको भन्दै मृतकका आफन्तद्वारा नगर प्रमुख लामासंग अभद्र ब्यबहार।

लाइभ खबर, स्थानीय
७ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… अस्पताल प्रशासनले समयमै एम्बुलेशन उपलब्ध नगराएको भन्दै मृतकका आफन्तजनले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामासंग अभद्र ब्यबहार गरेका छन् । आधारभुत नगर अस्पताल बेल्टारमा आज बुधवार बिहान उपचारका क्रममा मृत्यु भएका चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय दिलबहादुर मगरका श्रीमति कमला साह मगरले आक्रोशित हुदै मेयर लामालाई हात हालेकी थिईन् । सुगर ,प्रेसर र दम रोगबाट ग्रसित मगरको आज उपचारको क्रममा मृत्यु भएको थियो । शरीरमा सुगरको मात्रा एक्कासि कम भएर “ हाईपो ग्लासमिक सक विथ काडियो पल्मोनरी एरेस्ट“ भएर मृत्यु भएको नगर अस्पताल बेल्टारका डाक्टर अमृत कर्णले जनाएका छन् । नगर अस्पतालमा उपचार सम्भव नभएपछि रिफर गरी सुबिधा सम्पन्न अस्पतालमा लैजान परिवारलाई भनिएको अस्पताल श्रोतले जनाएको छ । तर अस्पतालमा समयमै एम्बुलेन्स नभएपछि मगरलाई बाहिर लैज...
चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवको उद्धार ।

चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवको उद्धार ।

लाइभ खबर, स्थानीय
१ कार्तिक २०८१, सन्तोष कुमार रौनियार… मानव सेवा आश्रमले उदयपुरको चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेको छ । चर्चित गायिका आनी छोईङ्ग डोल्मा संस्थापक रहेको आनी छोईङ्ग डोल्मा फाउण्डेशनसंगको सहकार्यमा  मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा हिजो उदयपुर आएको मानव सेवा आश्रमको टोलीले आज वेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जनागरी कुल १३ जनाको उद्धार गरी आफैसंग लगेको छ भने उनीहरुलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखेर रेखदेख गरिने आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिएका छन् । गायिका आनी छोईङ्ग डोल्मासहित आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत यात्रामा निस्किएको टोलीले उनीहरुलाई वेलका र चौदण्डीगढी नगरपालिकाको बिभिन्न स्थानबाट उद्धार गरेर लगेको प्रवक्ता बर्तौलाले बताएका छन् । मानव सेवा आश्रमको टोली उदयपुर आउने जानका...
आधारभुत नगर अस्पताल बेल्टारले आँखा, दाँत र फिजियोथेरापी उपचार सेवा पनि शुरु गर्दै ।

आधारभुत नगर अस्पताल बेल्टारले आँखा, दाँत र फिजियोथेरापी उपचार सेवा पनि शुरु गर्दै ।

देश, लाइभ खबर, स्थानीय
२२ असोज २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टारमा संचालनमा रहेको आधारभुत नगर अस्पताल बेल्टारको सेवा सुबिधा थप गरिएको छ । नगर प्रमुख कालुमान लामाको शिक्षा र स्वास्थ्यमा सुधार गर्ने प्रतिबद्धता अनुरुप नगर अस्पतालको सेवा सुबिधा थप गरिएको हो । यसअघि सामान्य किसिमको रोगहरुको मात्र परिक्षण हुने ल्यावमा अब जटिल किसिमका रोगहरुको पनि परिक्षण हुन थालेको छ भने अस्पतालले ओपीडि सेवा समेत बिहान ७ बजेदेखी नै शुरु गरेको छ । अस्पतालले एमविविएस डाक्टर थप गर्नाका साथै ल्याव र फार्मेशीमा पनि आबश्यक कर्मचारी थपेर सेवालाई ब्यबस्थित गर्दै लगेको हो । अस्पतालले ओपीडि सेवा , ल्याव सेवा, फार्मेशी सेवा लगायतका सेवाहरु बिहान ७ बजेदेखी नै दिन शुरु गरेको छ भने २४ घण्टा नै ईमरजेन्सी सेवा प्रदान गरिरहेको अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुबेदीले बताएका छन् । अस्पतालले विरामीहरुलाई न्युन दररेट...
बेल्टार बजार घोरेटो लाईन – सिमलटार जोड्ने द्वारखोलाको झुलुङ्गे पुलको उद्घाटन ।

बेल्टार बजार घोरेटो लाईन – सिमलटार जोड्ने द्वारखोलाको झुलुङ्गे पुलको उद्घाटन ।

लाइभ खबर, स्थानीय
  उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ७ बेल्टार बजार घोरेटो लाईन र वडा नम्बर ८ को विरेन्द्रबजार सिमलटार जोड्ने द्वारखोलामा निमार्ण सम्पन्न झुलुङ्गे पुलको आज उद्घाटन गरिएको छ । नगर प्रमुख कालुमान लामाले एक कार्यक्रमकोबीच झुलुङ्गे पुलको उद्घाटन गरेका हुन् । पिटिएयि र टिविएसयु तथा ग्रामिण बाताबरण विकास केन्द्रको प्राबिधिक सहयोगमा पुर्वाधार विकास कार्यालय उदयपुरले उपभोक्ता समितिमार्फत पुल निमार्ण गरेको हो । बेल्टार–बिरेन्द्र बजार हुँदै धाप्लाङ सडकमा पर्ने सिमलटार घोरेटो स्थित द्वारखोलामा ६७ लाख ८६ हजर ९ सय ४७ रुपैयाको लागतमा झोलुङे पुल निमार्ण भएको हो । कोशी प्रदेश सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मार्फत नगद ३० लाख ४९ हजार ९ सय ४६ रुपैयाँ तथा जिन्सी एवम श्रम सहयोग वापत ३१ लाख ८२ हजार ९० रुपैया विनियोजन भएपछि पुल निर्माण हुने सुनिश...
वेलकाका बाढीपीडितलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण ।

वेलकाका बाढीपीडितलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण ।

लाइभ खबर, स्थानीय
१८असोज २०८१, सन्तोष कुमार रौनियार… असोज १२ गते कोशी नदीमा आएको भिषण बाढीबाट पीडित बेलका नगरपालिका वडा नम्बर २ का बाढीपीडितलाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको छ । वडा नं २ अन्तर्गत रामनगर, शान्तिनगर र नारायणपुर लगायतका टोलका बाढी प्रभावितहरुलाई आजबाट सहयोगी संस्थाका प्रतिनिधि, वडा नं २ का वडाध्यक्ष, उपप्रमुख जिरा राई स्थानीय समाजसेवीहरु लगायतको उपस्थितिमा नगर प्रमुख अशोक कार्कीको नेतृत्वमा स्वास्थ्य तथा सरसफाई सामग्री वितरण गरिएको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगी संस्थाहरु Action Against Hunger र सहारा नेपालको सहयोग, नेपाल रेडक्रस सोसाइटी, तपेश्वरी उपशाखाको सहकार्य र बेलका नगरपालिकाको आयोजनामा वडा नं २ का  ४८७ घर बाढी प्रभावितहरुलाई राहत सामग्री वितरण गरिएको हो । शान्तिनगर टोलका १६९ घरधुरी , रामनगर टोलका ९५ घरधुरी, नारायणपुर टोलका ६५ घरधुरी , गिदेरी टोलका...
चौदण्डीगढीमा नेपाल राष्ट्रिय शिक्षण संगठनको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न ।

चौदण्डीगढीमा नेपाल राष्ट्रिय शिक्षण संगठनको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न ।

लाइभ खबर, स्थानीय
१६असोज २०८१, सन्तोष कुमार रौनियार… नेपाल राष्ट्रिय शिक्षण संगठन चौदण्डीगढीले वडा दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । वडा नम्बर ४ बर्खेडाँडास्थित लालीगुराँस महिला भवनमा सम्पन्न शुभकामना आदनप्रदान कार्यक्रममा नगरपालिकाका नगर प्रमुख कालुमान लामा, नेपाल राष्ट्रिय शिक्षण संगठनका कोशी प्रदेश महासचिव दिल बहादुर फुयल, नेपाल शिक्षक महासंघ उदयपुरका जिल्ला अध्यक्ष दिनेश ढुंगाना, नेपाल पेशागत महासंघ उदयपुरका जिल्ला अध्यक्ष कुमार खड्का, नेपाल राष्ट्रिय शिक्षण संगठनका उदयपुर जिल्ला अध्यक्ष यादव बस्नेत, शिक्षक संघ चौदण्डीगढीका नगर सभापति देव नारायण चौधरी, ज्योति जनता बहुमुखी क्याम्पस सातधारे बेल्टारका क्याम्पस प्रमुख मनोज कुमार झा लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख लामाले नगरपालिकाले चालेका कदमहरु शिक्षा क्षेत्रको सुधारक...
बंशिलाघाटका बाढी पीडितहरुलाई चौदण्डीगढी नगरपालिकाद्वारा राहत वितरण ।

बंशिलाघाटका बाढी पीडितहरुलाई चौदण्डीगढी नगरपालिकाद्वारा राहत वितरण ।

लाइभ खबर, स्थानीय
१५असोज २०८१, सन्तोष कुमार रौनियार… दुधकोशी नदीमा आएको बाढीका कारण चौदण्डीगढी नगरपालिकाको वडा नम्बर १ बंशिलाघाटका बाढी पीडितहरुलाई नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीतबहादुर श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राई, वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, नगरपालिकाका कर्मचारी लगायतको टोलीले आज बंशिलाघाट पुगेर बाढीपीडितहरुलाई राहत वितरण गरेको हो । १० घर वाढीपिडितहरुलाई प्रति परिवार १ बोरा चामल, १ के.जी. दाल, १ प्याकेट नुन, १ प्याकेट तेल, १ वटा त्रिपाल र १ वटा कम्बल प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत श्रेष्ठले जानकारी दिएका छन् । चाडवाडको समयमा विपत्ले ठूलो चोट पुर्याएले स्थानीय सरकारले पहलकदमी लिएर छानामुनी दशैंको टीका ग्रहण गर्ने वातावरण बनाउनका लागि राहत सामाग्री वितरण गरिएको श्रेष्ठले बताएका छन् । हिजोमात्रै छुट्टछुट्टैरुपम...