लाइभ खबर

चौदण्डीगढी नगरपालिकामा २ दिने युवा संसद अभ्यास कार्यक्रम सम्पन्न ।

चौदण्डीगढी नगरपालिकामा २ दिने युवा संसद अभ्यास कार्यक्रम सम्पन्न ।

लाइभ खबर, स्थानीय
१३  पुष २०८१, सन्तोष कुमार रौनियार… राजनीति सबैले गर्नु आबश्यक नभएपनि राजनीतिक चेतना भने सबैमा हुनुपर्नेः नगर प्रमुख कालुमान लामा उदयपुरको चौदण्डीगढी नगरपालिकामा २ दिने युवा संसद अभ्यास कार्यक्रम आज सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोगमा टिम जेरो प्रोडक्सनले आयोजना गरेको कार्यक्रममा बिभिन्न बिद्यालयका कक्षा ११ र १२ का करिव ४० जना युवा बिद्यार्थीहरुलाई संसदीय गतिबिधीका बारेमा जानकारी गराइएको थियो । आयोजक संस्थाका अध्यक्ष आदिप राउतका अनुसार कार्यक्रममा चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ४ को नारद आदर्श मावि, वडा नम्बर ६ को ज्योति मावी र वडा नम्बर ९ को जनता माविका ४० जना बिद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई संसदीय गतिबिधीका बारेमा ज्ञान दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको राउतले बताएका छन् । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई सत्ता पक्ष, विपक्षमा विभाजन गरेर स...
चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न ।

चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न ।

लाइभ खबर, स्थानीय
११ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामा, नगर उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, बिभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, स्थानीयबासी लगायतको उपस्थितीमा पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । त्रियुगा मिडिया एजेन्सीको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले प्रवाह गर्ने सेवा सुबिधाको वारेमा सेवाग्राहीले राखेका धारणाहरुलाई समेटेर तयार गरिएको रिपोर्ट प्रस्तुत गरिएको थियो भने नगरपालिकाको कार्यबारे प्रत्यक्ष छलफल समेत भएको थियो । सेवाग्राहीहरुले वडाहरुमा ज्येष्ट नागरिकहरुको बायोमेट्रिक परिचय पत्र दर्ता गर्दा औलाको छाप नलिएको फिंगर प्रिन्टको समस्या, ऐलानी जग्गा नापचाँच,...
ज्योति जनता बहुमुखी क्याम्पस सातधारेमा एक लाख अमेरिकी डलरको क्यान्टीन बन्ने ।

ज्योति जनता बहुमुखी क्याम्पस सातधारेमा एक लाख अमेरिकी डलरको क्यान्टीन बन्ने ।

लाइभ खबर, स्थानीय
०८ पुष २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ सातधारेस्थित ज्योति जनता बहुमुखी क्याम्पसमा एक लाख अमेरिकी डलरको क्यान्टीन बन्ने भएको छ । चौदण्डीगढी नगरपालिका र लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफ नेपाल र ज्योति जनता बहुमुखी क्याम्पसबीच आज बेल्टार बजारस्थित नगरपालिकामा त्रिपक्षिय सम्झौता भएको छ । नगरपालिकामा भएको त्रिपक्षिय सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख कालुमान लामा, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एफका गभर्नर शंकर कुमार सारदा र ज्योति जनता बहुमुखी क्याम्पसका क्याम्पस चिफ मनोज कुमार झाले हस्ताक्षर गरेका छन् । लायन्स क्लबको १ करोड ६ लाख ६ हजार ६ सय ६ रुपैयाँ र चौदण्डीगढी नगरपालिकाको ३५ लाख ३५ हजार ५ सय ३५ रुपैयाँ गरी कुल लागत १ करोड ४१ लाख ४२ हजार १ सय ४१ रुपैयाँको लागत साझेदारीमा क्यान्टीन निर्माण हुने जनाइएको छ । योजनाका लागि लायन्स...
आधारभुत नगर अस्पताल बेल्टारमा डेन्टल सेवा  शुरु ।

आधारभुत नगर अस्पताल बेल्टारमा डेन्टल सेवा शुरु ।

लाइभ खबर, स्थानीय
०३ पुष २०८१, सन्तोष कुमार रौनियार… आधारभुत नगर अस्पताल बेल्टारमा दाँतको विरामीका लागि डेन्टल सेवा आजबाट शुरु भएको छ । चौदण्डीगढी नगरपालिकाकाका नगर प्रमुख कालुमान लामाले आज डेन्टल सेवाको औपचारिकरुपमा सुरुवात गरेका छन् । बेल्टार बजारस्थित आधारभुत नगर अस्पतालको सेवा प्रवाहलाई थप ब्यबस्थित र बिस्तार गर्नेक्रममा डेन्टल सेवा थप गरेको हो । दाँतको विरामीको विग्रेको दाँत निकाल्ने, सुनिएको गिजाको उपचार, दाँतको फिलिङ्ग गर्ने, दाँत सफा गर्ने लगायतको दाँतसम्बन्धी प्राथमिक स्तरको उपचार अब आधारभुत नगर अस्पताल बेल्टारमै सम्भव भएको अस्पतालका प्रमुख ब्यबस्थापक मोहन सुवेदीले बताएका छन्। उनले डेन्टलको उपचार पनि स्वास्थ्य विमा गराएकाहरुलाई चाडै निःशुल्करुपमा उपलब्ध गराउने प्रक्रियामा अस्पताल प्रशासन लागेको जानकारी दिएका छन् । डेन्टल सेवा शुरु भएपछि उदयपुर सदरमुकाम गाईघाट र धरान, विराटनगर जस्ता स...
नेवाः देय् दबू चौदण्डीगढी नगर अध्यक्षमा रमेश प्रधान पुनः सर्वसम्मत चयन ।

नेवाः देय् दबू चौदण्डीगढी नगर अध्यक्षमा रमेश प्रधान पुनः सर्वसम्मत चयन ।

लाइभ खबर, स्थानीय
३० मंसिर २०८१, सन्तोष कुमार रौनियार… – राज्य र राजनीतिसंग बढी आश्रित हुदाँ समुदायको अपनत्वमा कमी आएको : पुर्व नगर प्रमुख खगेन्द्र राई उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको नेवार समुदायको संस्था नेवाः देय् दबू नगर अध्यक्षमा रमेश प्रधानको नेतृत्वमा १३ सदस्य कमिटी पुनः सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । बेल्टार बजारस्थित भिमसेन थान मन्दिर परिसरमा रहेको सामुदायिक भवनको सभा हलमा आज भएको नेवाः देय् दबू चौदण्डीगढी नगर समितिको तेश्रो अधिवेशनले प्रधानलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । तेश्रो अधिवेशनले अध्यक्षमा प्रधान, वरिष्ट उपाध्यक्षमा गौतम श्रेष्ठ, खुल्ला उपाध्यक्षमा श्याम प्रधान, महिला उपाध्यक्षमा राम कुमारी श्रेष्ठ, खुल्ला सचिवमा सुनिल प्रधान, महिला सचिवमा निर्मला श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सदस्यहरुमा मोतीराम श्रेष्ठ, दुर्गा श्रेष्ठ, धनबहादुर श्रेष्ठ, कृष्ण श्...
नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढीका नीजि बिद्यालयले गुहारे राजनीतिक दल ।

नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढीका नीजि बिद्यालयले गुहारे राजनीतिक दल ।

लाइभ खबर, स्थानीय
२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढी नगरपालिका अन्तर्गतका नीजि बिद्यालयले राजनीतिक दललाई गुहारेका छन् । समसामयिक बिषयमा नीजि बिद्यालयहरुको संगठन नगर प्याब्सनले आज सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बेल्टारबजारस्थित वेलबोट रिसोर्टमा सम्पन्न कार्यक्रममा नगरपालिकामा संचालित संस्थागत नीजि बिद्यालयहरुको समस्याहरुको बारेमा प्याब्सनले नगरमा क्रियाशिल राजनीतिक दलहरुको साझा धारणा तयार गर्नका लागि सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगर प्याब्सनका अध्यक्ष सुनील प्रधानले जानकारी दिएका छन् । पछिल्लो समयमा नगर शिक्षा शाखाले नीजि बिद्यालयहरुलाई छात्रबृती ब्यबस्थापन, बिद्यालयमा कार्यरत शिक्षकहरुलाई बैकिङ्ग प्रणालीमार्फत न्युन्तम पारिश्रमिक दिनुपर्ने लगायतका बिषयमा निरन्तर पत्राचार गर्दै दवाव दिरहेको छ । सोही बिषय तथा नग...
सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी चौदण्डीमा अपाङ्गता दिवस मनाईयो ।

सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी चौदण्डीमा अपाङ्गता दिवस मनाईयो ।

लाइभ खबर, स्थानीय
१८ मंसिर २०८१, सन्तोष कुमार रौनियार… "" समावेशी तथा दिगो भविष्यको पू्र्वधार, आपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार "" भन्ने मुल नारा का साथ उदयपुरको चौदण्डीनगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आज मंगलबार वडा नम्बर १ चौदण्डीमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस र लैङ्गिक हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम संयुक्तरुपमा गरेको हो । नगर उपप्रमुख मणिका देवी दुलालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष सिताराम राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर १ ज्यामिरे, कोक्सुलुङ्ग, रानीटार, गडन्ता, पाल्पाली टोल, छुईला, भालुखोप, सिमपानी, कटहरे लगाय...
उदयपुरको दुईवटा वडामा भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा / बिहान ७ बजेबाट मतदान सुरु हुने ।

उदयपुरको दुईवटा वडामा भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा / बिहान ७ बजेबाट मतदान सुरु हुने ।

लाइभ खबर, स्थानीय
१५ मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको दुईबटा वडामा मंसिर १६ गते आईतवार, भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट निर्वाचित पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाटै निर्वाचित चुडाराज काफ्लेको छुट्टाछुट्टै स्थानमा गत बर्ष मृत्यु भएपछि रिक्त वडा अध्यक्ष पदमा भोली उप निर्वाचन हुदैछ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले दुवै केन्द्रमा मतदानस्थल निर्माण कार्य सकिएकोे जनाएको छ । कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरका अनुसार आज विहानदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरिएको हो । बेलका ९ को मतदान केन्द्र बरपिपल मावि कमलाबारी र त्रियुगा १२ को मतदान केन्द्र जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा तोकिएको छ । त्रियुगा १२ मा ४ र बेलमा...
चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।

चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।

लाइभ खबर, स्थानीय
१२ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट भएको छ । वडा नम्बर ६ मा कार्यरत कर्मचारी दिक्षा ओझाले राजश्वको फर्जी रसिद दिएर सेवाग्राहीसंग बढी रकम असुलेको खुलेपछि ओझाको जागीर चैट भएको हो ।  वडा नम्बर ६ मा राजश्व दस्तुरको रसिद फर्जी बनाएर सेवाग्राहीसंग अतिरिक्त रकम असुलेको खुलाशा भएको छ । गत कार्तिक ७ गते स्थानीय वडा नम्बर ६ कै सेवाग्राही दयाराम दासको अंशवण्डासम्बन्धी सर्जमिन गरेर सिफारिस दिने कार्यका लागि वडाका कर्मचारी दिक्षा ओझाले २ हजार रुपैयाँ राजश्व शुल्क लिनुपर्नेमा ४ हजार रुपैयाँ शुल्क लिएको र थप ५ सय रुपैयाँ बाटो खर्चसहित ४५ सय रुपैयाँ असुलेर २ दिनपछि फर्जी रसिद दिएकी थिईन । सिर्वानीस्थित वडा कार्यालयमा दयारामका भतिजा महेश दासले दस्तुर वापतको पैसा बुझाएर आएपछि सोही वडामा क...
दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

लाइभ खबर, स्थानीय
१० मंसिर २०८१, सन्तोष कुमार रौनियार… दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा हिजो उदयपुरको बेल्टार बजारस्थित समाबेशी कभर्डहलमा सम्पन्न भएको बिभिन्न बिद्याका खेलका विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, निवर्तमान नगर प्रमुख खगेन्द्र राई लगायतले नगद पुरुस्कार सहित पुरुस्कृत गरेका थिए । प्रतियोगिता अन्तर्गत कोशी प्रदेश स्तरीय मेन्स डवलसमा उदयपुरका विनय चौधरी र मोरङ्गका लाक्पा शेर्पाको जोडीले संखुवासभाका सुनिल कार्की र मोरङ्गका महेश खड्काको जोडीलाई २२–२४, २१–१७ र २१–१८ को सेटमा पराजित गदैै उपाधी जितेको छ । चौधरी र शेर्पाको जोडीले उपाधीसंगै नगद ३५ हजार र उपविजेता कार्की र खड्काको जोडीले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । डिबिस...