चौदण्डीगढीमा ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुँदै ।
४ आसार २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा भोलीदेखी ९ औं अन्तर बिद्यालय छात्रछात्रा ह्याण्डवल प्रतियोगिता शुरु हुदैछ । जिल्ला ह्याण्डवल संघ उदयपुरको आयोजनामा ओलम्पिक डे को अवसरमा असार ५ गतेदेखी ७ गतेसम्म बेल्टार बजारस्थित समाबेशी खेल मैदानमा त्रि दिवशीय छात्र र छात्राको बिद्यालय स्तरीय चौदण्डीगढी नगरपालिका क्षेत्रभित्रका बिद्यालयहरुको ह्याण्डवल प्रतियोगिता संचालन हुने जिल्ला ह्याण्डवल संघ उदयपुरका अध्यक्ष बिदुर राईले जानकारी दिएका छन् । अध्यक्ष राईले असार ३ गते बसेको संघको बैठकले बिभिन्न समितिहरु गठन गरेर कार्य गरिरहेको जनाउदै प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतियोगितामा कक्षा १० सम्मका छात्रछात्रा मात्र सहभागी हुन पाउने जनाउदै अध्यक्ष राईले छात्रतर्फ १० टिम र छात्रातर्फ ८ वटा टिमको सहभागिता रहने बताएका छन् । छात्रतर्फ पुमा बोडिङ्ग स्कुल...









