थानपोखी मेलामा नेविसंघ र तरुण दलद्वारा खानेपानी वितरण ।
चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा प्रत्येक बर्ष बैशाख १ गते लागने थानपोखरी मेलामा यस पटक फरक दृष्य देखिएको छ । नेपाली कांग्रेकाको भातृ संगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्तरुपमा मेला भर्न आएकाहरु तथा थान पोखरी मन्दिरमा पुजा गर्न आएका भक्तजनहरुका लागि शुद्ध खानेपानीको निःशुल्क ब्यबस्थापन गरेको थियो । उनीहरुले २२० कार्टुनभन्दा धेरै पानीका बोतल भक्तजनहरुलाई निशुल्क बितरण गरेका थिए । नेबिसंघमा उदयपुर उपसभापति विवस राई, चौदण्डीगढी नगर अध्यक्ष बिशाल गेलाल, तरुण दलका नेता पर्वत दाहाल , दिपेन्द्र वान्तवा लगायतले आफै खानेपानी वितरण गरेका थिए । दलको नाममा प्राय राजनीतिमै रुमलिरहेका युवाहरुलाई यस्तो सेवाको काममा लागेर देखेर स्थानीयबासी तथा भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।
एक शताबदीभन्दा धेरै समयदेखी मेला लाग्दै आएको ज्यामिरेमा रहेको ऐत...

