चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ८ एमालेमय बन्दै गएको छ । डेढ महिनाअघि मात्रै झण्डै ४० जना नेता तथा कार्यकताहरु एमाले प्रबेश गरेकोमा आज थप ३२ जना एमालेमा प्रबेश गरेका छन् । नगरपालिकाकै दुर्गम मानिने यस वडामा २०७९ साल बैशाख महिनामा भएको स्थानीय तह निर्वाचनमा जसपा र माओवादी केन्द्रसंग गठबन्धन गरेर वडा अध्यक्षमा एमालेका भगनाथ मगर निर्वाचित भएका थिए । त्यसएता पटक पटक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी लगायतका पार्टी परित्याग गरेर एमाले प्रबेश गर्नेहरुको संख्या बढ्दै गएको छ ।
आज मात्रै वडा नम्बर ८ को सिमलताङ्ग र बेसाराका ३२ जना एमालेमा प्रबेश गरेका छन् । जसपा पुर्व वडा कमिटी अध्यक्ष रविन राई, नेत्रृ दिलकुमारी राई, त्यस्तै कांग्रेसबाट चेतन राई, कृपाजन राई लगायतका नेता कार्यकताहरु एमालेमा प्रबेश गरेका छन् । एमाले वडा नम्बर ८ का वडा कमिटी अध्यक्ष सन्तोष राईको अध्यक्षतामा ...









