चौदण्डीगढी नगरपालिकाको १ अर्ब १३ करोड ३५ लाख बढीको बजेट ध्वनीमतले पारित।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब १३ करोड ३५ लाख बढीको बजेट ध्वनीमतले पारित गरेको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहल आज सम्पन्न अठारौं नगरसभा बैठकमा नगर उपप्रमुख एवम् वजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक मणिकादेवी दुलालले पेश गरेको आर्थिक बर्ष २०८२/०८३ का लागि १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट सर्वसम्मतरुपमा पारित गरेको हो ।
वजेटको श्रोतमा आन्तरिक आयतर्फ ३ करोड ४० लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा मालपोत रजिष्ट्रेशन शुल्क वापत ७० लाख, स्थानीय दैनिक आयबाट २ करोड ५० लाख र डिभिजन वन कार्यालयबाट प्राप्त रोयल्टी २० लाख प्रक्षेपण गरिएको छ । यस्तै आन्तरिक राजश्वतर्फ नदीजन्य पदार्य वेचविखनबाट १ करोड ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै आयतर्फ संघीय सरकारबाट १५ करोड ४१ लख र प्रदेश सरकारबाट १ करोड २८ लाख ९६ हजार रुप...









