चौदण्डीगढी नगरपालिकामा सम्पन्न खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमलाई ।
चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा आज सम्पन्न भएको खसी कप–२०७९ को उपाधी श्रीपञ्चमी”A” टिमले जितेको छ । आज भएको फाईनल खेलमा श्रीपञ्चमी”A” टिमले आयोजक लाङ्गघाली लाफा चौकलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको हो । प्रतिस्पर्धात्मक खेलमा श्रीपञ्चमी”A” टिमले आफ्नो दबाब कायम नै राखेको थियो । खेलको पहिलो हाफमा ३–२ ले अगाडी रहेको श्रीपञ्चमी”A” टिमले दोश्रो हाफमा थप २ गोल गर्दै बिजेता बनेको हो । श्रीपञ्चमीको तर्फबाट आसिस राईले २ तथा बिशाल राई, सागर राई र बिश्वास राईले १–१ गोल गरेका थिए । यस्तै लाङ्गघाली लाफा चौकको तर्फबाट पवन कार्कीले २ तथा नवल तामाङ्गले १ गोल गरेको आयोजकले जनाएको छ । बिजेता भएसंगै श्रीपञ्चमी”A” टिमले अन्दाजी ३० केजीको खसी, ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गरेको छ भने उपबिजेता लाङ्गघाली लाफा चौकले १० केजी लोकल कुखुरा सहित ट्रफी, मेडल, प्रमा...


