त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।
२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका प्रतिनीधि मण्डलले चेतावनी दिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका नगरका अगुवा राजनीतिज्ञ, ब्यापारी, ब्यबसायीहरुको प्रतिनीधि मण्डलले साढे २ बर्षअघी भत्किएको वडा नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको मोटरेवल पुलको पुनःनिमार्णका बिषयमा ध्यानाकर्षण गराउन संघीय यातायात मन्त्री प्रकाश ज्वालासंग भेट गरेका छन् । हिजो भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालालाई भेट गर्दै प्रतिनीधि मण्डलले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै चौदण्डीगढी नगरपालीकाका पुर्व मेयर खगेन्द्र राईले आफु यस पुलको सिलान्यासदेखी नै जोडिएको बताउदै २०६६ सालमा सम्झौता भएको पुल शिलान्यास...







