अन्तर वडा स्तरीय प्रथम मेयर कप खुल्ला भलिवल प्रतियोगिताको उपाधी भोजपुरको आमचोक गाँउपालिका वडा नम्बर ८ लाई ।
१४ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा सम्पन्न अन्तर वडा स्तरीय प्रथम मेयर कप खुल्ला भलिवल प्रतियोगिता २०८० को उपाधी भोजपुरको आमचोक गाँउपालिका वडा नम्बर ८ ले जितेको छ । प्रतियोगितामा उदयपुर, खोटाङ्ग र भोजपुर जिल्लाका छिमेकी पालिकाका वडाहरुको भलिवल टिमको समेत सहभागिता रहेको थियो ।
माघ १२ गतेबाट शुरु भएको ३ दिने प्रतियोगिता अन्तर्गत आज वडा नम्बर १ चौदण्डीगढी दरवारस्थित मैदानमा भएको फाईनल खेलमा भोजपुरको आमचोक गाँउपालिकाको टिमले आयोजक चौदण्डीगढी नगरपालिका वडा नम्बर १ को टिमलाई २५–२२, २६–२४ र २५–१८ ले पराजित गरेको छ । शारिरिकरुपमा बलियो देखिएको चौदण्डीगढीका खेलाडीहरु टिम स्प्रिटमा अब्बल रहेको आमचोकको टिमसंग ३–० को सोझो सेटमा पराजित भएको छ । उपाधीसंगै आमचोकले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै उप विजेता आयोजक ...









