चौदण्डीगढी नगरपालिकामा पनि मनाइयो २५६८ औं बुद्धजयन्ती ।
१० जेठ २०८१, सन्तोष कुमार रौनियार…
२५६८ औं बुद्धजयन्ती उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि मनाइएको छ । नेपाल मगर संघ चौदण्डीगढी नम बुद्ध विहार संचालन समितिको आयोजनामा प्रभातफेरी सहित शान्ति स्थापनामा भगवान बुद्धको योगदानको चर्चा गर्दै बुद्धजयन्ती मनाइएको हो । बेल्टार बजारको परिक्रममा गरेर वडा नम्बर ६ स्थित स–शस्त्र क्याम्प नजिक रहेको चौदण्डीगढी नम बुद्ध विहार स्थलमा पुगेर कार्यक्रमको आयोजना गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी रहेका चौदण्डीगढी नगरपालिका नगर प्रमुख कालुमान लामाले बुद्धको सन्देशलाई आत्मसात गर्दै अगाडी बढ्नु पर्ने बताएका थिए । यस्तै कालिका मावी सिवार्नीका प्रधानाध्यापक राजबहादुर राना मगरले भगवान बुद्धको जीवनीमाथी प्रकाश पार्दै धर्मले खुशी दिने भएकोले त्यसको महत्व रहेको बताएका थिए । उनले भगवान बुद्धले संसारमा दुख छ, दुखको कारण पनि छ र दुखको समाधान पनि छ भ...









