वडा कार्यालयद्वारा शैक्षिक सामाग्री वितरण ।
३१ जेठ २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले वडामा रहेको सामुदायिक बिद्यालयका लागि शैक्षिक सामाग्री खरिद गरेर विपन्न बिद्यार्थीहरुलाई वितरण रहेको छ । आज ज्यामिरेस्थित वडा कार्यालयमा बिद्यालयका शिक्षक, अभिभावकको उपस्थितीमा बिद्यार्थीलाई कापी, ज्यामिती बक्स र सिलेट वितरण गरेको हो । वडा सचिव पुष्कल राईका अनुसार वडा कार्यालयले जनता मावी हडिया, सिद्धेश्वरी मावी मुसहर्नीया, भगवती मावी मुसहर्नीया, थान पोखरी मावी ज्यामिरे र जनविकास मावि भिमाका कक्षा ६ देखी कक्षा १० सम्मका १ सय जना बिद्यार्थीलाई जनही १४ थान कापी र ज्यामिती बक्स वितरण गरेको छ भने वालमुखी आधारभुत बिद्यालय अजगडा, जनज्योति आधारभुत बिद्यालय ज्यामिरे र जनबिकास आधारभुत बिद्यालय भिमाका वालविकास कक्षामा अध्ययनरत ७० जना वालवालिकालाई सिलेट वितरण गरेको छ । वडा सचिव राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८...









