आँपखहरे सामुदायिक वन उपभोक्ता समुहद्वारा बृक्षारोपण रोपण ।
१४ आसार २०८१, सन्तोष कुमार रौनियार…
राष्ट्रिय वृक्षारोपन दिवसको को उपलक्ष्यमा उदयपुरको चौदण्डिगढी नगरपालिका वार्ड न ६ स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समुहले बृक्षारोपण रोपण गरेको छ । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काको प्रमुख आतिथ्यता तथा बन महासंघ चौदण्डीगढी नगर कमिटिका अध्यक्ष राजकुमार सुवेदीको विशेष आतिथ्यता समुहको बेल्टार बजारस्थित सशस्त्र प्रहरी क्याप्म पछाडीको यसअघिको डम्पिङ्ग साईटमा शुक्रवार बृक्षारोपण गरिएको हो ।
समुहका अध्यक्ष पुनम राईले यसअघि विना सहमति नगरपालिकाले बेल्टार बजारको फोहर फालिरहेको स्थानमा खयरको बिरुवा रोपिएको बताएकी छिन् । त्यस क्षेत्रलाई संरक्षण गरेर हरियाली बनाउने र पार्कको रुपमा त्यसलाई बिकास गरेर लैजाने राईले जानकारी दिएकी छिन् । उनले आँपखहरे सामुदायिक वन क्षेत्रमा बिरुवा रोप्ने कार्यलाई निरन्तरता दिदै बन भित्रका सबै खाली जग्गामा वृक्ष...









