स्थानीय

तीजको अवसरमा चौदण्डीगढीमा नृत्य प्रतियोगिताको आयोजना।

तीजको अवसरमा चौदण्डीगढीमा नृत्य प्रतियोगिताको आयोजना।

मुख्य खबर, स्थानीय
२१ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा देश तथा बिदेशका विभिन्न स्थानमा निराहार ब्रत बसेका महिलाहरुले सांगितिक कार्यक्रममा सहभागी भएर नाचगान गरी रमाईलो गरेका छन् । यसैक्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा नगर स्तरिय महिला संजालले आज तिज बिशेष नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । नृत्य प्रतियोगितामा नगरको बिभिन्न वडाका महिला दिदीबहिनीहरुले आफ्नो आकर्षक नृत्य प्रस्तुत गरेका थिए । चौदण्डीगढी नगरपालिकाको सहयोगमा आयोजित तिज बिशेष नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले तीज हिन्दु महिलाहरुको मात्र नभएर सबै महिलाहरुको राष्ट्रिय पर्व बन्दै गएको बताएका थिए । उनले कार्यक्रमलाई नगरपालिकाको सहयोग रहेको जानकारी दिदै कार्यक्रमलाई अझै ब्यापक बनाउन नगर कार्यपालिकाले अर्को बर्षको तीज नृत्य प्रतियोगिता ...
तिजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीद्वारा अटो चालक महिलाको सम्मान ।

तिजको अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीद्वारा अटो चालक महिलाको सम्मान ।

मुख्य खबर, स्थानीय
१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) चौदण्डीगढीले नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा आयोजना गरेको कार्यक्रममा चार जना अटो चालक महिलाहरु सम्मानित भएका छन् । बेल्टार बजारस्थित होटल चौदण्डी दरवार एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रममा उनीहरुलाई कोशी प्रदेश सभा सदस्य सम्झना तामाङ्ग, कोशी प्रदेश सभा सदस्य राजन किराँती, संविधान सभा सदस्य मणि खम्बु लगायतले कदरपत्र र नगदसहित सम्मान गरेका थिए । सम्मान पाउनेहरुमा अटो चालक महिलाहरु उषा सुनुवार राई, मैया श्रेष्ठ, राधा विष्ट र बविता राई रहेका छन् । हरितालिका तीजको अवसरमा अखिल नेपाल महिला संघ क्रान्तिकारीले प्रत्येक वर्ष यसैगरी रचनात्मक तथा सृजनात्मक काम गर्दै आएकोले यस पटक पनि स्वरोजगार महिला दिदीबहिनीहरुलाई सम्मान गरिएको माओबादी केन्द्र चौदण्डीगढी नगर कमिटीकी उपाध्यक्ष हिरा थाप...
चौदण्डीगढी नगरपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण ।

चौदण्डीगढी नगरपालिकाद्वारा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण ।

देश, लाइभ खबर, स्थानीय
१७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री वितरण गरेको छ । आज बेल्टार बजारस्थित सिटी हलमा एक कार्यक्रमको आयोजना गरेर पालिकाले सहयोग सामाग्री वितरण गरेको हो । चौदण्डीगढी नगरपालिकाको आयोजना र सामाजिक विकास मन्त्रालय कोशी प्रदेश तथा करुणा फाउण्डेशन नेपालको सहकार्यमा अपाङ्गता भएका ६३ जनालाई आज नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जित बहादुर श्रेष्ठले सहयोग सामाग्री प्रदान गरेका थिए । आज सहयोग सामाग्री प्राप्त गर्न नसकेका अन्य लाभग्राहीलाई पालिकाले वडा वडामा गएर वितरण गर्ने नगर महिला तथा बालबालिका शाखा प्रमुख एञ्जोला ढकालले जानकारी दिएकी छिन् । १८८ जना लाभग्राही मध्ये आज ६३ जनालाई सहयोग सामाग्री वितरण गरेको र अरुलाई सम्बन्धित वडा ...
नेकपा एमाले निकट कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन ।

नेकपा एमाले निकट कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन ।

लाइभ खबर, स्थानीय
१५ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन उदयपुरको अध्यक्षमा हिमाल खड्का पुनः सर्वसम्मत चयन भएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ स्थित बेलका विच रिर्सोटमा भएको संगठनको जिल्ला अधिबेशनले अध्यक्षमा खड्का, यस्तै उपाध्यक्षमा कृष्ण बहादुर खत्री, सचिवमा सुरेन्द्र बस्नेत, महिला सचिवमा सविता पोखरेल , कोषाध्यक्षमा गणेश सापकोटा सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा कुलदीप प्रसाद दाहाल, केदार बहादुर कटुवाल, कृष्णकुमार रेग्मी, विदुर बहादुर राउत, देव कुमार थापा र दुर्गाकृष्ण पोखरेल चयन भएका छन् । नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषदका सदस्य वैकुण्ठ दाहालको प्रमुख आथित्यिता तथा प्रगतिशील तथा पेशागत कानुन ब्यबसायी संगठन नेपाल पिपिएलएका केन्द्रीय उपमहासचिव नारायण बस्ती, पिपिएलएका कोशी प्रदेश कमिटीका कार्यबहाक अध्यक्ष बाबुराम भट्टर...
चौदण्डीगढीमा राष्ट्रिय युवा संघ नेपालद्वारा बृक्षारोपण ।

चौदण्डीगढीमा राष्ट्रिय युवा संघ नेपालद्वारा बृक्षारोपण ।

स्थानीय
१४ भाद्र २०८१, सन्तोष कुमार रौनियार… युवा संघले उदयपुरको चौदण्डीगढीमा बृक्षारोपण गरेको छ । राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीको आयोजनामा आज शुक्रवार वडा नम्बर ४ अजिङ्गरे बसाहास्थित स्कुलडाँडामा बिभिन्न प्रजातीका ७८ वटा बिरुवा रोपिएको राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढीका नगर अध्यक्ष भुवन राईले जानकारी दिएका छन् । संरक्षण प्रकृतीको, सुरक्षा सन्ततीको भन्ने नाराका साथ कटहरको विरुवा २० वटा, तितरी ७ वटा , मसला १० वटा , टाकी ३३ वटा र हरोको विरुवा ८ वटा रोपिएको राईले बताएका छन् । बृक्षारोपण कार्यक्रम राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राईको प्रमुख आथित्यता सम्पन्न भएको थियो भने कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गराज राई, युवा संघ उदयपुरका जिल्ला सचिव अनुपराज खत्री, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु मगर लगायत युवा संघका नेता कार्यकर्ताहरुको उ...
चौदण्डीगढी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्ने बिषयमा छलफल ।

चौदण्डीगढी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्ने बिषयमा छलफल ।

लाइभ खबर, स्थानीय
१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्ने बिषयमा विहिबार छलफल भएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरका साना किसानहरुलाई कसरी समेट्ने , कुन वडामा कस्तो कार्यक्रम संचालन गर्ने, कृषकको माग परियोजनामा कसरी समेट्ने लगातका बिषयमा छलफल भएको थियो । छलफलबाट सहभागी अगुवा किसानका माग बमोजिम नगरको वडा नम्बर ३, ४, ५, ९ र १० मा बहुबाली कृषी जोन र वडा नम्बर १, २ र ८ लाई बाख्रा पशु जोनको रुपमा बिकास गर्ने उदेश्यले क्षेत्र निर्धारण गरिएको छ । बहुबाली कृषीतर्फ धान, मकै र आलुको ब्यबसायिक खेती तथा पशुतर्फ बाख्राको ब्यबसायिक पालन गरिनेछ । संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई जोन, सुपर जोन, पकेट र ब्लक क्षेत्र निर्माण गरेर काम गर्दै आएको छ । जस अन्तर्गत...
बेलका नगरपालिकाद्वारा किसान कार्ड बितरण ।

बेलका नगरपालिकाद्वारा किसान कार्ड बितरण ।

मुख्य खबर, स्थानीय
१३ भाद्र २०८१, सन्तोष कुमार रौनियार… बेलका नगरपालिका नगरका किसानहरुको सहुलियतका लागि किसान कार्ड बितरण गरेको छ । नगरप्रमुख अशोक कार्कीले आज वार्ड नं २ रामनगरका लाभग्राही किसानहरुलाई एक कार्यक्रममा किसान कार्ड प्रदान गरेका छन् । बेलका नगरपालिकाको कार्यालय र राष्ट्रीय कृषक समुह महासंघको सहकार्य तथा केयर नेपालको सहयोगमा बेलका नगरपालिका वडा नं १,२ ,५ र ८ का नगरपालिकामा दर्ता भएका कृषक समुहहरु मध्ये बाट दलित महिला, कुपोषीत बच्चा भएका कृषक, भुमीहिन कृषक मध्येबाट छनौट गरी किसान कार्ड बितरण गरेको नगर प्रमुख कार्कीको सचिवालयले जनाएको छ । सहयोगको दुरुपयोग पनि नहोस भन्ने हेतुले नेपाल ईन्भेष्टमेन्ट मेघा बैंक लाहान शाखामा कृषकको नाममा खाता खोली १४ हजार ५ सय रुपैयाँ बराबरको किसान कार्ड वितरण गरिएको सचिवालयले जनाएको छ । उक्त कार्डबाट नेपाल सरकारको नम्स अनुसार ठेक्का प्रकृयाबाट छनौट भएका भेन्डर...
एमालेद्वारा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण ।

एमालेद्वारा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण ।

मुख्य खबर, स्थानीय
१० भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेकपा ( एमाले ) बेलका नगर कमिटीले बिबिध बिषयमा १३ बुँदे माग राख्दै बेलका नगरपालिकाको ध्यानाकर्षण गराएको छ । आईतवार निवर्तमान नगर प्रमुख दुर्गा कुमार थापाको नेतृत्वमा निवर्तमान उपप्रमुख राज कुमारी चौधरी, वडा नं. ४ र ५ का निवर्तमान वडाध्यक्षहरु दिपक दंगाल , गोबिन्द खड्का सहित निवर्तमान जनप्रतिनिधिहरु, नेकपा एमाले बेलका नगर अध्यक्ष हिराजंग राई एवं निवर्तमान अध्यक्ष गणेश बस्नेत लगायतको टोलीले नगर प्रमुख अशोक कार्की, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे लगायतसंग भेट गरी १३ बुँदे माग राख्दै नगरको ध्यानाकर्षण गराएको हो । ३ घण्टासम्म चलेको छलफलमा २०७४ सालदेखी २०७९सालसम्म रहेको पहिलो नगर सरकारले थालेका सरसफाइ, उध्यान, औधोगिक ग्राम, बसपार्क , लेकाली रंगशाला , भुतियादह , चिस्यान केन्द्र, बोका खसी संकलन केन्द्र , अक्सिजन प्लान्ट, चार्जिङ्ग स्टेसन लग...
स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका तेश्रो ।

स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका तेश्रो ।

लाइभ खबर, स्थानीय
९ भाद्र २०८१, सन्तोष कुमार रौनियार… स्थानिय तहको संस्थागत क्षमता स्वमूल्याङकनमा उदयपुरमा चौदण्डीगढी नगरपालिका उदयपुरगढी गाँउपालिकासंगै तेश्रो भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रायलयले शुक्रबार सार्वजनिक गरेको स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकनको गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजा अनुसार चौदण्डीगढी नगरपालिका तेश्रो भएको हो । उदयपुरको आठ वटा पालिका मध्ये कटारी नगरपालिका प्रथम भएको छ भने ताप्ली गाँउपालिका आठौ भएको छ । आर्थिक बर्ष २०७९/०८० को मुल्यांकन अनुसार स्थानिय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) को विभिन्न सूचकहरु पुरा गर्दै कटारी नगरपालिकाले ८५ अंक प्राप्त गरेको छ भने, रौतामाई गाउँपालिकाले ७८.५० अंक , चौदण्डीगढी नगरपालिकाले ७६.५०, उदयपुरगढी गाउँपालिकाले ७६.५०, त्रियुगा नगरपालिकाले ७२ अंक, वेलका नगरपालिकाले ६८ अंक , लिम्चुङबुङ गाउँपालिकाले ६६.२५ अंक र ...
पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर तिब्र !

पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर तिब्र !

लाइभ खबर, स्थानीय
७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… *एमाले नेतृत्वको नगर सरकारले गरेको विकास निमार्णका कामहरुप्रति जनताको बिश्वास र भरोसा बढेकोले एमाले प्रवेशको लहर चलेको : कालुमान लामा *दुई दशक देखी उदयपुरको बिकास गर्छु भन्दै बर्तमान संघीय सांसदले जनतालाई ठगिरहेको :भागवत राउत * एमाले नेतृत्वको स्थिर सरकार देशले चाहेको :मन्जु कुमारी चौधरी पछिल्लो समय उदयपुरमा एमाले प्रवेशको लहर तिब्र रुपमा देखिएकोे छ । आज पनि उदयपुरको चौदण्डीगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि ३६ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ स्थित स्कुलबारीका आज भएको पार्टी प्रबेश कार्यक्रममा स्कुलबारीका ३० जना, अजिङरेका ३ र भान्जीडाडाका ३ जना गरि ३६ जना एमालेमा प्रवेश गरेको नेकपा एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउतले जानकारी दिएका छन् । रवतका अनुसार पार्टी प्रवेश गर्नेहरुमा ने...