बेल्टार मै ब्यापार कर राजश्व बुझाउन सकिने !
०९ असोज २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाकास्थित ब्यापारीहरुको संगठन बेल्टार बसहा उद्योग बाणिज्य संघले ब्यापार कर राजश्व बुझाउन सहजिकरण गरेको छ । संघका अध्यक्ष गोविन्द थापाका अनुसार पान नम्बर लिएर चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र ब्यापार ब्यबसाय गरिरहेका ब्यापारीहरुले आफुले तिनुपर्ने राजश्वको कागजात बेल्टार बजारस्थित संघको कार्यालयमा भरेर लाग्ने राजश्व बेल्टार बजारस्थित राष्ट्रिय बाणिज्य बैंकमा रहेको आन्तरिक राजश्व कार्यालय उदयपुरको खातामा जम्मा गर्न सक्ने जनाएका छन् । उनले तीस लाख रुपैयाँसम्मको कारोबार गरेका ब्यापारी ब्यबसायीले बेल्टार मै राजश्व बुझाउन सक्ने बताए । यसबाट सदरमुकाम गाईघाट गएर राजश्व जम्मा गर्दा हुने हैरानीबाट बच्न सकिने र समय र पैसाको वचत पनि हुने थापाको भनाई छ ।
लामो समयदेखी यस क्षेत्रका ब्यापारीहरुले यस्तो ब्यबस्थाका लागि माग गर्दै आएका...









