दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
१० मंसिर २०८१, सन्तोष कुमार रौनियार…
दोश्रो चौदण्डीगढी कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहयोगमा हिजो उदयपुरको बेल्टार बजारस्थित समाबेशी कभर्डहलमा सम्पन्न भएको बिभिन्न बिद्याका खेलका विजेताहरुलाई चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, निवर्तमान नगर प्रमुख खगेन्द्र राई लगायतले नगद पुरुस्कार सहित पुरुस्कृत गरेका थिए । प्रतियोगिता अन्तर्गत कोशी प्रदेश स्तरीय मेन्स डवलसमा उदयपुरका विनय चौधरी र मोरङ्गका लाक्पा शेर्पाको जोडीले संखुवासभाका सुनिल कार्की र मोरङ्गका महेश खड्काको जोडीलाई २२–२४, २१–१७ र २१–१८ को सेटमा पराजित गदैै उपाधी जितेको छ । चौधरी र शेर्पाको जोडीले उपाधीसंगै नगद ३५ हजार र उपविजेता कार्की र खड्काको जोडीले नगद २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । डिबिस...









