स्थानीय

नेवाः देय् दबू चौदण्डीगढी नगर अध्यक्षमा रमेश प्रधान पुनः सर्वसम्मत चयन ।

नेवाः देय् दबू चौदण्डीगढी नगर अध्यक्षमा रमेश प्रधान पुनः सर्वसम्मत चयन ।

लाइभ खबर, स्थानीय
३० मंसिर २०८१, सन्तोष कुमार रौनियार… – राज्य र राजनीतिसंग बढी आश्रित हुदाँ समुदायको अपनत्वमा कमी आएको : पुर्व नगर प्रमुख खगेन्द्र राई उदयपुरको चौदण्डीगढी नगरपालिकामा रहेको नेवार समुदायको संस्था नेवाः देय् दबू नगर अध्यक्षमा रमेश प्रधानको नेतृत्वमा १३ सदस्य कमिटी पुनः सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ । बेल्टार बजारस्थित भिमसेन थान मन्दिर परिसरमा रहेको सामुदायिक भवनको सभा हलमा आज भएको नेवाः देय् दबू चौदण्डीगढी नगर समितिको तेश्रो अधिवेशनले प्रधानलाई पुनः सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । तेश्रो अधिवेशनले अध्यक्षमा प्रधान, वरिष्ट उपाध्यक्षमा गौतम श्रेष्ठ, खुल्ला उपाध्यक्षमा श्याम प्रधान, महिला उपाध्यक्षमा राम कुमारी श्रेष्ठ, खुल्ला सचिवमा सुनिल प्रधान, महिला सचिवमा निर्मला श्रेष्ठ, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सदस्यहरुमा मोतीराम श्रेष्ठ, दुर्गा श्रेष्ठ, धनबहादुर श्रेष्ठ, कृष्ण श्...
चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने ।

मुख्य खबर, स्थानीय
२९ मंसिर २०८१, सन्तोष कुमार रौनियार… सडक पुर्वाधार, शिक्षा, स्वास्थ्य तथा मानवीय विकास लगायत सबै क्षेत्रको विकासका लागि नगरपालिकाले योजनाबद्धरुपले काम गरिरहेको  नगर प्रमुख लामाको भनाई । ठुलो बजेटका योजनाहरु प्रदेश र संघीय सरकारको बजेटले मात्र सम्भव हुने भएकोले जनताले प्रदेश र संघीय सांसदहरुलाई पनि यस ठाँउको विकासका लागि दवाव दिनुपर्ने । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित कुसुमचौरी बर्खेडाँडा सडक खण्ड कालोपत्रे हुने भएको छ । संघीय सहरी विकास मन्त्रालयको झण्डै २ करोड रुपैयाँको लागतमा सो सडक कालोपत्रे हुने भएको हो । आज कसुमचौरीमा आयोजित एक कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सो सडकको शिलान्यास गरेका छन् । यस पटक कुसुमचौरीदेखी मकमडाँडासम्म दुई किलोमिटर लम्बाई र साढे पाँच मिटर चौडाईको प्रिमिक्स गुणस्तरको कालेपत्रे निमार्णका लागि मुल्य अभिबृद्धी कर भ्याटसहित एक करोड...
चौदण्डीगढी नगरपालिकामा एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास ।

चौदण्डीगढी नगरपालिकामा एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास ।

मुख्य खबर, स्थानीय
२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा हिजो एकै दिन तिनवटा कालेपत्रे सडकको शिलान्यास गरिएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले छुट्टाछुट्टै आयोजना गरिएको कार्यक्रममा सरिक हुदै सो सडकहरुको शिलान्यास गरेका हुन् । हिजो बुधवार बिहान वडा नम्बर ६ को सिर्वानीमा आयोजित कार्यक्रममा नगरपालिकाको वडा नम्बर ६ को खम्बु किराँती चोकदेखी नयाँ बस्ती सडक कालेपत्रे योजनाको शिलान्यास गरेका थिए भने लगतै वडा नम्बर ६ कै कालीखोलामा आयोजित कार्यक्रममा वडा नम्बर ६ को कालीखोला – औतारीथान –बेल्टार बजार हुदै वडा नम्बर ८ को कालीटार –हिलेखोला सडक कालेपत्रे योजनाको शिलान्यास थिए । त्यस्तै वडा नम्बर २ मा आयोजित कार्यक्रममा लामेचौरी – माडीबास – बुद्ध चौक सडक कालेपत्रे योजनाको शिलान्यास थिए । आर्थिक बर्ष २०८१/८२ मा छुट्टछुट्टै सडक योजनामा संघीय सरकारको शहरी...
नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढीका नीजि बिद्यालयले गुहारे राजनीतिक दल ।

नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढीका नीजि बिद्यालयले गुहारे राजनीतिक दल ।

लाइभ खबर, स्थानीय
२७ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   नगर प्रमुखले प्रतिसोध साधेको भन्दै चौदण्डीगढी नगरपालिका अन्तर्गतका नीजि बिद्यालयले राजनीतिक दललाई गुहारेका छन् । समसामयिक बिषयमा नीजि बिद्यालयहरुको संगठन नगर प्याब्सनले आज सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । बेल्टारबजारस्थित वेलबोट रिसोर्टमा सम्पन्न कार्यक्रममा नगरपालिकामा संचालित संस्थागत नीजि बिद्यालयहरुको समस्याहरुको बारेमा प्याब्सनले नगरमा क्रियाशिल राजनीतिक दलहरुको साझा धारणा तयार गर्नका लागि सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नगर प्याब्सनका अध्यक्ष सुनील प्रधानले जानकारी दिएका छन् । पछिल्लो समयमा नगर शिक्षा शाखाले नीजि बिद्यालयहरुलाई छात्रबृती ब्यबस्थापन, बिद्यालयमा कार्यरत शिक्षकहरुलाई बैकिङ्ग प्रणालीमार्फत न्युन्तम पारिश्रमिक दिनुपर्ने लगायतका बिषयमा निरन्तर पत्राचार गर्दै दवाव दिरहेको छ । सोही बिषय तथा नग...
आगलागी पीडितलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोग ।

आगलागी पीडितलाई नेपाल रेडक्रस सोसाइटी उदयपुरको सहयोग ।

मुख्य खबर, स्थानीय
२० मंसिर २०८१, सन्तोष कुमार रौनियार… नेपाल रेडक्रस सोसाइटी उदयपुरले घर आगलागीबाट पीडित चौदण्डीगढी नगरपालिका वडा नम्बर १ छुईला निवासी शर्मिला राईलाई गैरखाद्य राहत सामाग्री प्रदान गरेको छ । यहि मंसिर १२ गते राईको घरमा आगलागी भएपछि घर जलेर पुर्णरुपले नष्ट भएको वडा नम्बर १ का वडा अध्यक्ष सिताराम राईले जानकारी दिएका छन् । आज बेल्टार बजारमा राईलाई वडा अध्यक्ष सिताराम राईको उपस्थितीमा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति शम्भु पौडेलले राहात सामाग्री हस्तान्तरण गरेका थिए । राहत सामाग्रीमा त्रिपाल, भाडासेट, बाल्टिन, झुल, म्याट, डोरी, बोरा, कपडा लगायतका सामाग्री रहेको सभापति पौडेलले जानकारी दिएका छन् । ...
सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी चौदण्डीमा अपाङ्गता दिवस मनाईयो ।

सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी चौदण्डीमा अपाङ्गता दिवस मनाईयो ।

लाइभ खबर, स्थानीय
१८ मंसिर २०८१, सन्तोष कुमार रौनियार… "" समावेशी तथा दिगो भविष्यको पू्र्वधार, आपाङ्गता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार "" भन्ने मुल नारा का साथ उदयपुरको चौदण्डीनगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस सहायक सामागी वितरण तथा जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । आज मंगलबार वडा नम्बर १ चौदण्डीमा एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तर्राष्ट्रिय दिवस र लैङ्गिक हिंसा न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम संयुक्तरुपमा गरेको हो । नगर उपप्रमुख मणिका देवी दुलालको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जित वहादुर श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष सिताराम राई लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा वडा नम्बर १ ज्यामिरे, कोक्सुलुङ्ग, रानीटार, गडन्ता, पाल्पाली टोल, छुईला, भालुखोप, सिमपानी, कटहरे लगाय...
उदयपुरको दुईवटा वडामा भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा / बिहान ७ बजेबाट मतदान सुरु हुने ।

उदयपुरको दुईवटा वडामा भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा / बिहान ७ बजेबाट मतदान सुरु हुने ।

लाइभ खबर, स्थानीय
१५ मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको दुईबटा वडामा मंसिर १६ गते आईतवार, भोली हुने उपनिर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट निर्वाचित पदम खड्का र त्रियुगा नगरपालिका वडा नम्बर १२ मा नेपाली कांग्रेसबाटै निर्वाचित चुडाराज काफ्लेको छुट्टाछुट्टै स्थानमा गत बर्ष मृत्यु भएपछि रिक्त वडा अध्यक्ष पदमा भोली उप निर्वाचन हुदैछ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले दुवै केन्द्रमा मतदानस्थल निर्माण कार्य सकिएकोे जनाएको छ । कार्यालयका सूचना अधिकारी दिलिप थापा मगरका अनुसार आज विहानदेखि आवश्यक जनशक्ति परिचालन गरेर मतदान केन्द्रको सबै तयारी पूरा गरिएको हो । बेलका ९ को मतदान केन्द्र बरपिपल मावि कमलाबारी र त्रियुगा १२ को मतदान केन्द्र जनप्रेमी आधारभुत विद्यालय पुरानो गाईघाटमा तोकिएको छ । त्रियुगा १२ मा ४ र बेलमा...
चौदण्डीगढी नगरपालिकामाआधा दर्जन वडा सचिवहरुको सरुवा ।

चौदण्डीगढी नगरपालिकामाआधा दर्जन वडा सचिवहरुको सरुवा ।

मुख्य खबर, स्थानीय
१३मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले आधा दर्जन वडा सचिवहरुको सरुवा गरेको छ । गत मंसिर ६ र ७ गतेको कार्यालय प्रमुख स्तरीय निर्णय अनुसार उनीहरुको सरुवा गरिएको नगरपालिका श्रोतले जानकारी दिएको छ । वडा नम्बर ३ आमसाल बसहाका वडा सचिव जगदेव चौधरीको सरुवा वडा नम्बर ९ ज्यामिरेमा गरिएको छ भने वडा नम्बर ९ का वडा सचिव पुष्कल राईलाई वडा नम्बर ३ को सचिवमा पठाइएको छ । त्यस्तै वडा नम्बर ४ का वडा सचिव गुमानसिंह खड्काले पदबाट राजीनामा दिएर अबकाश लिएपछि उनको स्थानमा नगरपालिका अन्तर्गत प्रशासन शाखामा कार्यरत उपेन्द्र कार्कीलाई सचिव बनाइएको छ । यस्तै वडा नम्बर ७ का वडा सचिव हिरा कुमार सापकोटालाई नगरपालिका अन्तर्गत न्यायिक समितिमा सरुवा गरिएको छ भने न्यायिक समितिमा कार्यरत पुष्पराज सापकोटालाई वडा नम्बर ६ को वडा सचिव बनाइएको छ । यस्तै वडा नम्बर १० मै कार्यरत डम्बर बहादुर ...
चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।

चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।

लाइभ खबर, स्थानीय
१२ मंसिर २०८१, सन्तोष कुमार रौनियार…   उदयपुरको चौदण्डीगढी नगरपालिकामा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट भएको छ । वडा नम्बर ६ मा कार्यरत कर्मचारी दिक्षा ओझाले राजश्वको फर्जी रसिद दिएर सेवाग्राहीसंग बढी रकम असुलेको खुलेपछि ओझाको जागीर चैट भएको हो ।  वडा नम्बर ६ मा राजश्व दस्तुरको रसिद फर्जी बनाएर सेवाग्राहीसंग अतिरिक्त रकम असुलेको खुलाशा भएको छ । गत कार्तिक ७ गते स्थानीय वडा नम्बर ६ कै सेवाग्राही दयाराम दासको अंशवण्डासम्बन्धी सर्जमिन गरेर सिफारिस दिने कार्यका लागि वडाका कर्मचारी दिक्षा ओझाले २ हजार रुपैयाँ राजश्व शुल्क लिनुपर्नेमा ४ हजार रुपैयाँ शुल्क लिएको र थप ५ सय रुपैयाँ बाटो खर्चसहित ४५ सय रुपैयाँ असुलेर २ दिनपछि फर्जी रसिद दिएकी थिईन । सिर्वानीस्थित वडा कार्यालयमा दयारामका भतिजा महेश दासले दस्तुर वापतको पैसा बुझाएर आएपछि सोही वडामा क...
चौदण्डीगढी नगरपालिकाको भिमामा कारको ठक्करबाट  १ जनाको मृत्यु , ३ जना घाईते ।

चौदण्डीगढी नगरपालिकाको भिमामा कारको ठक्करबाट १ जनाको मृत्यु , ३ जना घाईते ।

मुख्य खबर, स्थानीय
१० मंसिर २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज विहान करिव ६ः४५ बजे  चौदण्डीगढी नगरपालिका वडा नम्बर ९  भिमास्थित मोहरीया चौक नजिक घर अगाडी बसेका स्थानिय ४५ बर्षिया कमलादेबी चौधरीलाई कारले ठक्कर दिदाँ उनको मृत्यु भएको हो । मदन भण्डारी स्मृती लोकमार्गमा गाईघाटबाट बेल्टारतर्फ आउदै गरेको प्रदेश १–०४००१च १३८६ नम्बरको कार रुखमा ठक्कर खाई अनियन्त्रित भई भएर आफ्नै घर अगाडीको सडकछेउको फलैचामा बसेकी चौधरीलाई ठक्कर दिदाँ उनको मृत्यु भएको हो । घाईतेलाई तत्काल उद्धार गरी आधारभुत नगर अस्पताल बेल्टारमा उपचारका लागि ल्याईएकोमा चिकित्सकले मृत घोषण गरेको ईलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख प्रहरी निरिक्षक वविन राईले जानकारी दिएका छन् । यस्तै कारको ठक्करले आफनै घरको आगनमा काम गरिरहेकी मृतक चौधरीका आफन्त २७ बर्षीय पनावती चौधरी पनि घ...