उपराष्ट्रपतिद्वारा सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण।
१५ पुष २०८१, सन्तोष कुमार रौनियार…
– शिक्षालाई साक्षरतामा मात्रै सीमित नराखी यसलाई श्रम, रोजगारी र देशभक्तिसँग जोड्नुपर्ने : उपराष्ट्रपति रामसहाय प्रसाद यादव
– स्थानीय तहले राजनीतिक आग्रह पुर्वाग्रह राखेर कार्य गरेकोले शिक्षालाई स्थानीय तहमा राख्ने कि नराख्ने भन्नेमा दुबिधा भएको : संघीय सांसद डा. नारायण खड्का
– तीनै तहको सरकारकोबिचमा राम्रो कोअर्डिनेशन हुन नसकेको महसुस गरेकाले त्यसलाई कोअर्डिनेशन गरेर अगाडी बढ्न्पर्नेमा जोड: नगर प्रमुख कालुमान लामा
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ८ सावाँ सिद्धिपुरस्थित सरस्वती माविमा निर्मित स्वर्ण जयन्ती स्तम्भको अनाबरण गरेका छन् । बिद्यालयको स्थापना भएको ५० बर्ष पुगेको अवसरमा बिद्यालय हातामा निर्मित स्वर्ण जयन्ती स्तम्भको आज अनाबरण गर्दै उपराष्ट्रपति यादवले शिक्षालाई साक्षरतामा मात्रै सीमित नराख...









