कोशी प्रदेशका मुख्यमन्त्री कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहा आउदै ।
०६ फागुन २०८१, सन्तोष कुमार रौनियार…
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की भोली चौदण्डीगढी नगरपालिकाको बसहामा आउने भएका छन् । प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय नारदमुनी थुलुङ्गको पुर्ण कदको शालिक अनावरण कार्यक्रमका लागि मुख्यमन्त्री कार्की भोली बसहा आउन लागेका हुन् । थुलुङ्गको सम्मानमा चौदण्डीगढी नगरपालिकाले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन मदन भण्डारी लोकमार्गको बसहा बर्खेडाँडास्थित चौकमा रहेको स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गर्न लागेको छ । नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापन गर्न लागेको हो । सानो आकारमा रहेको शालिक बाटोमा पनि नदेखिने तथा पहिचान गर्नसम्म कठिन भएकोले नगरले उनको सम्मानमा ठुलो...









