राजाबादीको प्रदर्शनमा घाईते भएकी रेविका खत्रीको उपचारका लागि परिवार ऋण खोज्न बाध्य ।
राजाबादीको तिनकुने प्रदर्शनमा घाईते भएकी चौदण्डीगढीकी रेविका खत्रीको उपचारका लागि परिवार ऋण खोज्न बाध्य भएका छन् । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ की २२ वर्षीया रेबिका खत्रीको उपचारका लागि सरकारले सोधभर्ना पैसा नदिएपछि परिवार ऋण खोज्न बाध्य भएका हुन् । घाइतेको उपचारको जिम्मा लिने घोषणा गरेको सरकारले एक रुपैयाँ पनि खर्च नदिएको घाईते रेविकाका वुवा समेत रहेका चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तुलसीराम खत्रीले जानकारी दिएका छन् ।
अस्पतालभित्र सबै औषधि हुदैन, बाहिरको किन्दा पैसा नदिएसम्म पाइँदैन भन्दै उनले अहिलेसम्म रेविकाको उपचारमा ७ लाख रुपैयाँभन्दा बढी खर्च भएको बताएका छन् । सरकारसँग खर्च भएको रकमको बिल पेस गरिसकेको तर अहिलेसम्म सरकारबाट उपचार खर्च एक रुपैयाँ पनि ‘रिफन्ड’ नभएको...









