चौदण्डीगढीमा ७४ औं नेपाल स्काउट स्काउट स्थापना दिवस विभिन शैक्षिक कार्यक्रम गरेर सम्पन्न ।
उदयपुरको चौदण्डीगढी नगरपालिकामा ७४ औं नेपाल स्काउट स्थापना दिवस विभिन शैक्षिक कार्यक्रम गरेर सम्पन्न भएको छ । नेपाल स्काउट स्थानीय स्काउट कार्यालय चौदन्डिगढी नगर तदर्थ समिति को आयोजना तथा चौदन्डी नगरपालिकाको सहयोगमा वालवालिका सङ्ग मेयर कार्यक्रम विभिन्न शैक्षिक कृयाकलाप सहित सम्पन्न भएको हो । बेल्टार बजारस्थित ज्योति माध्यमिक बिद्यालयमा आज सम्पन्न भएको कार्यक्रम अन्तर्गत नगरस्तरिय अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, चित्रकला प्रतियोगिता र निबन्ध प्रतियोगिता सन्चालन गरी विजेता विद्यार्थीहरुला नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश स्काउट प्रमुख आयुक्त हेमन्त भण्डारीले नगरमा स्काउटिङको माध्यमबाट वालवालिकामा शारिरिक , मानसिक अनि संबेगात्मक विकास तथा वालवालिकामा परोपकार, सहयोगी भावना, अनुशासन , नैतिकता र कर्तव्य तथा क्षमता अभिवृद्दि गर्...









