Author: सन्तोष कुमार रौनियार

चौदण्डीगढी नगरपालिकामा प्रहरीको आइ डेयर नो ड्रक्स क्याम्पेन सम्पन्न ।

चौदण्डीगढी नगरपालिकामा प्रहरीको आइ डेयर नो ड्रक्स क्याम्पेन सम्पन्न ।

मुख्य खबर, स्थानीय
२२ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरमा लागुऔषध सेवनकर्ताको संख्यामा बृद्धी हुदै गएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा चौदण्डीगढी नगरपालिकाको सहकार्यमा हिजो शनिवार चौदण्डीगढी नगरपालिकाको बेल्टारमा लागु औषध सेवन कर्ताको न्युनीकरण अभियान अन्तर्गत औषध सेवन नगर्ने मैले दृढता गरे (आइ डेयर नो ड्रक्स क्याम्पेन) नामक एक दिने कार्यशाला सम्पन्न भएको छ । बेल्टार बजारस्थित सिटी हलमा भएको कार्यक्रममा लागु औषध सेवन गरिरहेको ४२ जना युवायुवतीलाई अबदेखी लागु औषध सेवन नगर्ने प्रतिबद्धता गराएर अभिभावकको जिम्मा लगाइएको छ । प्रमुख जिल्ल अधिकारी हरि प्रसाद घिमिरे, उदयपुर प्रहरी प्रमुख रमेश थापा, चौदण्डीगढी नगरपालिाका नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, त्रियुगा नगरपालिकाकी नगर उप प्रमुख महेश्वरी राई लगायत, संचारकर्मी, पत्रकारको उपस्तिथीमा उनीहरुलाई प्रतिबद्धता गर...
चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने ।

चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने ।

देश, मुख्य खबर, स्थानीय
२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ । हिजो चौदण्डीगढी नगरपालिकाको सभाहलमा नगर प्रमुख कालुमान लामाको अध्यक्षता तथा कोशी प्रदेशका सांसद राजन किरातीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजनागरि अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको हो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन, २०७४ कार्यान्वयन गरी अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निमित्त कोशी प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सञ्चालन निर्देशिका, २०७६ र सो निर्देशिका बमोजिम सामाजिक विकास मन्त्रालय र करूणा फाउण्डेसन नेपालका बीच २०७६ असोज ०८ गते भएको सम्झौता बमोजिम सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, र सम्झौता हस्ताक्षर...
त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।

त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चेतावनी ।

लाइभ खबर, स्थानीय
२० पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको भत्किएको पुलको पुनःनिमार्णको काम शुरु नगरिए मन्त्रालयमै धर्ना बस्ने चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका प्रतिनीधि मण्डलले चेतावनी दिएका छन् । उदयपुरको चौदण्डीगढी नगरपालीकाबाट काठमाडौं गएका नगरका अगुवा राजनीतिज्ञ, ब्यापारी, ब्यबसायीहरुको प्रतिनीधि मण्डलले साढे २ बर्षअघी भत्किएको वडा नम्बर ५ को सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीमाथीको मोटरेवल पुलको पुनःनिमार्णका बिषयमा ध्यानाकर्षण गराउन संघीय यातायात मन्त्री प्रकाश ज्वालासंग भेट गरेका छन् । हिजो भौतिक पुर्वाधार तथा यातायात मन्त्री ज्वालालाई भेट गर्दै प्रतिनीधि मण्डलले ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझाउदै चौदण्डीगढी नगरपालीकाका पुर्व मेयर खगेन्द्र राईले आफु यस पुलको सिलान्यासदेखी नै जोडिएको बताउदै २०६६ सालमा सम्झौता भएको पुल शिलान्यास...
उदयपुरको बेल्टार बजारमा बुद्धको मुर्ति स्थापना ।

उदयपुरको बेल्टार बजारमा बुद्धको मुर्ति स्थापना ।

मुख्य खबर, स्थानीय
१९ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाल मगर संघ चौदण्डीगढी नगर कमिटीको अगुवाईमा उदयपुरको बेल्टार बजार सातधारे सशस्त्र प्रहरी क्याम्प नजिकै पुल छेउमा बुद्धको मुर्ति स्थापना गरिएको छ । हिजो एक कार्यक्रमका बीच बौद्ध परम्परा अनुसार पुजा गरी वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले मुर्तीको अनावरण गरेका छन् । मदन भण्डारी लोकमार्गमा रहेको पुल छेउमा अस्वाभाविकरुपमा सडक दुर्घटना हुने गरेको जानकारी दिदै नेपाल मगर संघ चौदण्डीगढी नगर कमिटीका अध्यक्ष चित्र केप्छाकी मगरले यस स्थानबाट शान्तिको सन्देश जाओस र सकरात्मक उर्जा प्रभाव होस् भन्ने भावनाले बुद्धको मुर्ति स्थापना गरिएको बताएका छन् । मगर समुदायका ब्यक्तिहरुबाट स्वतस्फूर्तरुपमा आर्थिक सहयोग संकलन गरी करिव एक लाख २० हजारको लागतमा मुर्ति स्थापना गरिएको अध्यक्ष केप्छाकीमगरले बताएका छन् । मुर्ती स्थापनापछि टोल बिकास समितिहरुबा...
फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुद्वारा सामुहिक राजिनामा ।

फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुद्वारा सामुहिक राजिनामा ।

लाइभ खबर, स्थानीय
१९ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…   उदयपुरको चौदण्डीगढी नगरपालिकाभित्रको फोहरमैला ब्यबस्थापनका निम्ती नगरपालिकाले गठन गरेको फोहरमैला ब्यबस्थापन समितिका अधिकांश सदस्यहरुले सामुहिक राजिनामा दिएका छन् । समितिका सचिव विदुर राई, सदस्यहरु गोपाल मगर, शंकर थापा, गोमा गजुरेल सेढाई लगायत अधिकांश सदस्यहरुले समितिका अध्यक्ष तथा नगर प्रवक्ता प्रकाश राउतलाई राजीनामा दिएका छन् । उनीहरुले समितिका सदस्यहरुसंग सरसल्लाह नगरी पुरानै बस्ती नजिक वडा नम्बर ६ को आँपखहरे बन क्षेत्रमा नगर स्तरीय डम्पिङ्ग साईट निमार्णका लागि काम थालिनु पुर्व सहमति विपरित भएकाले नैतिकताका आधारमा सामुहिक राजीनामा दिएको बताएका छन् । गत पुष ८ गते उनीहरुले सामुहिक राजीनामा दिएका हुन् । यसअघि गत असोज १६ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको सर्वपक्षिय सर्वदलीय बैठकले नगरको फोहर मैला ब्यबस्थापनका ला...
उदयपुरको बेल्टारमा पनि ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो ।

उदयपुरको बेल्टारमा पनि ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाईयो ।

लाइभ खबर, स्थानीय
१७ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाली कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस हिजो उदयपुरको बेल्टारमा पनि एक कार्यक्रमको आयोजना गरेर मनाएको छ । आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला आफू राष्ट्रिय एकताका लागि जीवन अर्पण नै गर्न समेत तयार भएको भन्दै मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला २०३३ साल पुस १६ गते स्वदेश फिर्ता आएका थिए । त्यही दिनको सम्झनामा कांग्रेसले प्रत्येक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ ले आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित क्षेत्रीय पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम गरेर ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति खग...

पुष २३ गतेदेखी २५ गतेसम्म बेल्टारमा ३ दिने आखाँ शिविर संचालन हुने ।

पुष २३ गतेदेखी २५ गतेसम्म बेल्टारमा ३ दिने आखाँ शिविर संचालन हुने ।

मुख्य खबर, स्थानीय
१६ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… आगामी पुष २३ गतेदेखी २५ गतेसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा ३ दिने आँखा शिविर संचालन हुने भएको छ । चौदण्डीगढी नगरपालिका र काठमाडौंस्थित तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजना तथा भिजन हिमालय फाउण्डेशनको सहयोगमा आँखा शिविर संचालन हुने भएको हो । वडा नम्बर ४ का वडा अध्यक्ष लुंङ्गाराज राईका अनुसार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंकी बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर रिता गुरुङ्ग नेतृत्वको टोलीले आँखाको मोतियाविन्दु भएका बिरामीहरुको निःशुल्क अपरेशन गर्ने जनाएका छन् । आगामी पुष १७ गते मंगलवारदेखी नगरका बिभिन्न स्वास्थ्य चौकीहरुमा मोतियाबिन्दु छनौट शिविर संचालन हुने र पुष २३ गतेदेखी २५ गतेसम्म ३ दिन बेल्टार सातधारेस्थित कोभिड अस्पतालमा आँखाका विरामीहरुको निःशुल्क मोतियाविन्दुको अपरेशन गरिने वडा...
नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
१२ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगरका क्रियाशिल दलका अगुवा नेताहरुले हिजो नगर प्रमुख कालुमान लामालाई एक ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल, एमाले उदयपुर जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र कटुवाल, किशोर ताम्राकार, पार्वती राई, नेकपा एसकी कोशी प्रदेश सदस्य चुना थापा, रास्वपाका नेता पवन कार्की, प्रिया राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायतका नेता तथा सामाजिक अगुवाहरुले नगर अस्पताल बेल्टारको सेवा सुविधाको बिषयमा ब्यापक जनगुनासो आएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । पुष ९ गते वडा नम्बर ७ का वडा अध्यक्ष केशव अध...
नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगर प्रमुख कालुमान लामालाई ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
११ पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित नगर अस्पताल बेल्टारको सेवा सुविधा खस्किएको बिषयमा नगरका क्रियाशिल दलका अगुवा नेताहरुले आज नगर प्रमुख कालुमान लामालाई एक ज्ञापन पत्र बुझाएका छन् । वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, पुर्व मेयर तथा नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राई, एमाले नेता शम्भु पौडेल, एमाले उदयपुर जिल्ला सचिवालय सदस्यहरु राजेन्द्र कटुवाल, किशोर ताम्राकार, पार्वती राई, नेकपा एसकी कोशी प्रदेश सदस्य चुना थापा, रास्वपाका नेता पवन कार्की, प्रिया राई, बेल्टार बसहा उद्योग बाणिज्य संघका अध्यक्ष कुमार ल्वागुन लगायतका नेता तथा सामाजिक अगुवाहरुले नगर अस्पताल बेल्टारको सेवा सुविधाको बिषयमा ब्यापक जनगुनासो आएको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका हुन् । पुष ९ गते वडा नम्बर ७ का वडा अध्यक्ष केशव अ...