शैक्षिक गुणस्तर सुधारको बिकल्प छैनः नगर प्रमुख कालुमान लामा
१९ माघ , सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
उदयपुरको चौदण्डीगढी नगरपालिकाले सामुदायिक बिद्यालयहरुमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय तथा २०७९ सालको एसईई परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बिद्यार्थीहरुलाई सम्मान गरेको छ । शिक्षा, युवा तथा खेलकुद शाखाले सामुदायिक बिद्यालय र त्यहाँ अध्ययनरत बिद्यार्थीहरुलाई हौसला प्रदान गर्ने अभिप्रायले आज बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालय र बिद्यार्थीलाई सम्मान गरेको हो ।
चौदण्डीगढी नगरपालिकामा संचालित १९ वटा माध्यमिक तह स्तरीय सामुदायिक बिद्यालयहरु मध्ये वडा नम्बर ९ स्थित जनता माबि हडिया पहिलो भएको छ भने वडा नम्बर ४ स्थित नारद आदर्श मावि बसहा दोश्रो र वडा नम्बर ६ स्थित ज्योती मावी बेल्टार तेश्रो भएको छ । यस्तै २०७९ सालको एसईई परिक्षामा ३.७ जिपिए ल्याएर नगर मै सबैभन्दा बढी...









