नारद आदर्श मावि बसहाको सुस्त श्रवण बिद्यार्थीहरुको भान्साघर मर्मतमा बेलायती संस्थाको सहयोग ।
११ फागुन २०८०, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाडास्थित नारद आदर्श माध्यमिक बिद्यालयमा संचालित सुस्त श्रवण तथा बहिरा कक्षामा अध्ययरत बिद्यार्थीहरुको लागि भान्सा घर मर्मत सम्भारमा बेलायतमा रहेको नेपालीहरुको संस्था क्याम्बली नेपाली महिला समाजले आर्थिक सहयोग गरेको छ । क्याम्बली नेपाली महिला समाजको तर्फबाट संस्थाकी अध्यक्ष रहेकी समाजसेवी तथा नारद आदर्श माध्यमिक बिद्यालयका संस्थापक नारदमुनी थुलुङ्गका नातिनी रोजी थुलुङ्ग साम्पाङ्गले आज एक कार्यक्रमको बिच बिद्यालयका प्रधानाध्यपक कविराज तामाङ्गलाई एक लाख रुपैयाँ नगद उपलब्ध गराएकी छिन् । आजै समाजका अध्यक्ष रोजी थुलुङ्ग साम्पाङ्गले भान्साघरको मर्मत कार्यको शुभारम्भ गरेकी छिन् । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी रोजी थुलुङ्ग साम्पाङ्गले गत बर्ष आफुले यस बिद्यालयको भ्रमण गर्दा धेरै आधा...









