बेल्टार बजारको फोहर न उठेपछि स्थानिय ब्यापारीद्वारा मुख्य बाटोमा फोहर राखेर बिरोध प्रदर्शन ।
१८ जेठ २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै पसल अगाडीको मुख्य सडकमा फोहर राखेर विरोध गरेका छन् । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेका हुन् । उनीहरुले फोहर सडकमा राखेको जानकारी प्राप्त हुनासाथ टिफर र ट्याक्टरसहित नगर प्रहरीको नेतृत्वमा सफाईकमी आएर फोहर संकलन गर्न खोजेपनि ब्यापारीहरुले नियमितरुपमा फोहर उठ्न् सुनिश्चिता नभएसम्म फोहर उठाउन नदिने भनेपनि बजारलाईनको फोहर उठन सकेन । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले साप्ताहिकरुपमा फोहर उठाउने ब्यबस्था मिलाउनका लागि प्रयास गर्ने भन्दै गरेको आग्रहलाई उनीहरुले नमानेपछि नगरपालिकाले फोहर उठाउन पठाएको टिफर र ट्याक्टरसहित सफाईकर्मी फर्किएका थिए । डम्पिङ्ग साईटको अभावमा विगत ६ मह...









