Author: सन्तोष कुमार रौनियार

नेकपा एमाले चौदण्डिगढिको ९ वटा वडाको दोश्रो वडा अधिवेशन सम्पन्न।

नेकपा एमाले चौदण्डिगढिको ९ वटा वडाको दोश्रो वडा अधिवेशन सम्पन्न।

लाइभ खबर, स्थानीय
१ आसार २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले चौदण्डिगढिको ९ वटा वडाको दोश्रो वडा अधिवेशन सम्पन्न भएको छ । १ देखी ९ नम्बर वडाको अधिबेशन सम्पन्न भैसकेको छ भने वडा नम्बर १० मा सहमति हुननसक्दा बन्दशत्रलाई निरन्तरता दिदै भोली कमिटी गठन गरिने बताइएको छ । हिजो वडा नम्बर ३,४,५,६ र ९ नम्बर वडाको अधिबेशन सम्पन्न भएको थियो भने आज वडा नम्बर १,२,७ र ८ को गरी थप ४ वटा वडाको अधिबेशन सम्पन्न भएको छ । एमाले चौदण्डीगढी नगर अध्यक्ष विकास बन्जराका अनुसार वडा नम्बर १ मा यादवराज कालिकोटे, वडा नम्बर २ मा कैलाश राई, वडा नम्बर ३ मा शम्भु तामाङ, वडा नम्बर ४ मा नन्दु मगर , त्यस्तै वडा नम्बर ५ मा डिल्लीसेर राइ, वडा नम्बर ६ मा बच्चु सुवेदी , वडा नम्बर ७ मा राजेश श्रेष्ठ , वडा नम्बर ८ मा सन्तोष राई र वडा नम्बर ९ मा टंक थापाको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन भएका छन् । वडा नम्बर १० मा भने अध्यक्षका दुई ...
वडा कार्यालयद्वारा शैक्षिक सामाग्री वितरण ।

वडा कार्यालयद्वारा शैक्षिक सामाग्री वितरण ।

लाइभ खबर, स्थानीय
३१ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले वडामा रहेको सामुदायिक बिद्यालयका लागि शैक्षिक सामाग्री खरिद गरेर विपन्न बिद्यार्थीहरुलाई वितरण रहेको छ । आज ज्यामिरेस्थित वडा कार्यालयमा बिद्यालयका शिक्षक, अभिभावकको उपस्थितीमा बिद्यार्थीलाई कापी, ज्यामिती बक्स र सिलेट वितरण गरेको हो । वडा सचिव पुष्कल राईका अनुसार वडा कार्यालयले जनता मावी हडिया, सिद्धेश्वरी मावी मुसहर्नीया, भगवती मावी मुसहर्नीया, थान पोखरी मावी ज्यामिरे र जनविकास मावि भिमाका कक्षा ६ देखी कक्षा १० सम्मका १ सय जना बिद्यार्थीलाई जनही १४ थान कापी र ज्यामिती बक्स वितरण गरेको छ भने वालमुखी आधारभुत बिद्यालय अजगडा, जनज्योति आधारभुत बिद्यालय ज्यामिरे र जनबिकास आधारभुत बिद्यालय भिमाका वालविकास कक्षामा अध्ययनरत ७० जना वालवालिकालाई सिलेट वितरण गरेको छ । वडा सचिव राईका अनुसार वडाको आर्थिक बर्ष २०८०/८...
पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने  चौदण्डीगढीका खेलाडीको बिदाई ।

पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने चौदण्डीगढीका खेलाडीको बिदाई ।

खेलकुद, मुख्य खबर, स्थानीय
२७ जेठ २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाबाट राष्ट्रिय खेलकुद परिषदको आयोजना यही जेठ २९ गतेदेखी ३१ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने U15 जुनियर ब्याडमिन्टन खेलमा सहभागी हुने खेलाडीलाई सम्मानसहित बिदाई गरिएको छ । बेल्टार बजारस्थित समावेसी खेल मैदानमा रहेको ब्याडमिन्टन कवड हलमा आज एक कार्यक्रमको आयोजना गरेर प्रतियोगितामा सहभागी हुने नगरका दुई जना खेलाडीहरु निताशा रैका मगर र सोषण खत्रीलाई विदाई गरिएको हो । उनीहरु यही जेठ २४ र २५ गते मोरङ्गको बिराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय U15 ब्याडमिन्टन छनौट प्रतियोगितामा टप एटमा पर्दै छनौट भएका हुन् । टिम कोच सन्तोष कटवालका अनुसार छनौट प्रतियोगितामा नितासा रैका मगरले रजत पदक, त्यसैगरी सुसन खत्रीले कास्य पदक ल्याएर U15 जुनियर ब्याडमिन्टन खेलकुद प्रतियोगितामा छनौट भएका हुन् । प्रतियोगितामा सहभागी हुन जान लागेका खेल...
एमाले चौदण्डीगढी नगर कमिटीमा युवा नेतृत्व विजयी ।

एमाले चौदण्डीगढी नगर कमिटीमा युवा नेतृत्व विजयी ।

लाइभ खबर, स्थानीय
२६जेठ २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले चौदण्डीगढीमा युवा नेतृत्वले विजयी हासिल गरेको छ । दोश्रो नगर अधिबेशन अन्तर्गत आज भएको नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको चुनावमा निवर्तमान नगर सचिव बिकास बन्जराले निवर्तमान कार्यबहाक अध्यक्ष कृष्ण बहादुर खत्रीलाई ४७ मतान्तरले पराजित गरेका छन् । बन्जराले १६१ मत ल्याएर निर्वाचित हुँदा खत्रीले ११४ मत ल्याएका छन् । जम्मा मतदाता संख्या ३०६ रहेकोमा २८२ मत खसेको थियो । यस्तै उपाध्यक्षमा वडा नम्बर ४ का वडा अध्यक्ष लुङ्गराज राई विजयी भएका छन् । राईले १६१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तिलावती राईले १०५ मत प्राप्त गरेकी छिन् । सचिवमा भने मिना कुमारी राईले १९४ मत ल्याएर विजयी भएकी छिन् । राईकी प्रतिस्पर्धी कर्ण बहादुर थापा काजीले ७५ मत प्राप्त गरेका छन् । त्यस्तै उपसचिव महिलातर्फ कमला खड्का विजयी भएकी छिन् भने खुल्लातर्फबाट जगतराम चौधर...
सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेः एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेः एमाले स्थाई कमिटी सदस्य भानुभक्त ढकाल

लाइभ खबर, स्थानीय
२५ जेठ २०८१, सन्तोष कुमार रौनियार… नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशन आजबाट उदयपुरको बेल्टार बजारमा शुरु भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान मन्दिरको सभाहलमा शुरु भएको अधिबेशनको प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले एक कार्यक्रमको बीच उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढकालले युवा र महिलालाई नेतृत्वमा ल्याउनका लागि बिशेष पहल गर्न आग्रह गर्दै सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । प्रमुख अतिथी ढकालले पद जितेर राजनीति हार्ने तरिकाले काम नगर्न आग्रह गर्दै अधिबेशनपछि आउने नेतृत्वलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए । आजको कार्यक्रममा बेल्टार बसहा उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष कुमार ल्वागुन सहित एक दर्जन नेता कार्यकर्ताहरु एमाले पार्टीमा प्रबेश गरेका ...
एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा / अध्यक्षमा ४ जनाको नाम चर्चामा ।

एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा / अध्यक्षमा ४ जनाको नाम चर्चामा ।

लाइभ खबर, स्थानीय
२४जेठ २०८१, सन्तोष कुमार रौनियार… भोली शुक्रवार बाट शुरु हुने नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको दोश्रो नगर अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित भिमसेनथान सहभाहलमा हुने अधिबवेशनको उद्घाटन प्रमुख अथिती नेकपा एमाले स्थाई कमिटी सदस्य तथा जनसंगठण समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले गर्ने कार्यक्रम रहेको छ । अधिबेशन तयारीको बारेमा नेकपा एमाले चौदण्डीगढी दोश्रो नगर अधिबेशन आयोजक कमिटीले आज बेल्टारस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर जेठ २५ र २६ गते हुने अधिबेशनको तयारी पुरा भएको जनाएको छ । अधिबेशन आयोजक कमिटीको संयोजक निवर्तमान एमाले नगर कार्यबहाक अध्यक्ष कृष्ण खत्रीले अधिबेशनका लागि निमार्ण गरिएको उपसमितिहरुले आफ्नो कार्य अन्तिम चरणमा पुर्याएको बताउदै अधिबेशनको तयारी पुरा भएको बताएका हुन् । अधिबेशन तयारीका लागि आर्थिक व्यवस्थापन , प्रचा...
३ दिनपछि उठ्यो बेल्टार बजारको लाफा चौकको फोहर ।

३ दिनपछि उठ्यो बेल्टार बजारको लाफा चौकको फोहर ।

लाइभ खबर, स्थानीय
२१ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको मुख्य सडकलाई अबरोध हुनेगरी गत शुक्रवार फालिएको फोहर आज उठेको छ । नेकपा एमालेका केही ब्यक्तिहरु मिलेर ३ दिनदेखीको फोहर उठाएर बाटोको अबरोध खुलाएको नेकपा एमाले चौदण्डीगढीका नेता शुम्भु पौडेलले बताएका छन्। बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै गत शुक्रवार पसल अगाडीको मुख्य सडकनै अबरोध हुनेगरी फोहर राखेर विरोध गरेका थिए । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेकोमा लाफा चौक बाहेकको अन्य क्षेत्रको फोहर भने नगरपालिकाका सफाई कर्मचारी र नगर प्रहरीको टोलीले उठाएर सडक अबरोध खुलाएको थियो भने लाफा चौकका ब्यापारीले फोहर उठाउन नदिएपछि नगरपालिकाको टिफर र ट्याक्टरसहित आएको सफाई कर्मचारी फोहर नउठाई फर्किएका थिए । ब्यापारीहरुले नि...
राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्नेः चौदण्डीगढी नगर प्रमुख लामा

राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्नेः चौदण्डीगढी नगर प्रमुख लामा

मुख्य खबर, स्थानीय
१९ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आलोचना मात्र नभएर राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका छन् । आज बेल्टार बजारस्थित बेल्टार बसहा उद्योग बाणिज्य संघका पदाधिकारीहरुको सपथ ग्रहण तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले आलोचना मात्र गर्दा नैराश्यिता पैदा हुने भएकोले राम्रो कामको प्रशंसा पनि गर्ने बानीको विकास गर्नुपर्ने बताएका हुन् । गलत कामको आलोचना गर्नु सही भएको तर राम्रो कामको पनि प्रशंसा नहुँदा हौशला नमिले बताए । गलत कामको आलोचना र सही कामको प्रशंसा गर्नुपर्ने लामाको भनाई थियो । यस्तै नगर प्रमुख लामाले बेल्टार बजारलाई आधुनिक बजारको रुपमा बिकास गर्नलाई परम्परागत रुपमा ब्यापार ब्यबसाय संचालन गरेर नपुग्ने भएकोले स्थानीय नगरबासीबाटै चयानमान हुनसक्नेगरी बजारको बिकास गर्नुपर्ने बताएका थिए । उनले समस्या...
चौदण्डीगढीमा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम  शुरु ।

चौदण्डीगढीमा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम शुरु ।

मुख्य खबर, स्थानीय
१९ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको वडा नम्बर ६ मा एकल महिलाहरुका लागि एक महिने ब्याग डिजाईन तथा निमार्ण तालिम आजबाट शुरु भएको छ । उद्यमशिलता सीप विकास तालिम अन्तर्गत सामुदायिक बिकास तथा परिवर्तण केन्द्र गाईघाट उदयपुरको आयोजना र चौदण्डीगढी नगरपालिकाको सहयोगमा तालिम संचालन भएको हो । तालिमका लागि २५ जना एकल महिला छनौट गरिएको छ भने तालिम पश्चात उद्योग संचालनका लागि १० लाख रुपैयाँको विउ पुँजीको पनि ब्यबस्था गरिएको छ । कोशी प्रदेश सरकारको ५ लाख, नगरपालिकाको २ लाख ५० हजार र २५ जना सहभागीबाट १०–१० हजारको दरलेगरी २ लाख ५० हजार उठाएर १० लाखको वीउ पुँजी बनाइने बताइएको छ । कार्यक्रमका लागि कोशी प्रदेश सरकारले ७ लाख रुपैयाँ बजेट छुट्टयाएकोमा १ लाख ८० हजार रुपैयाँ तालिम संचालन र २० हजार रुपैयाँ अनुगमन शिर्षकमा खर्च हुने जनाइएको छ । आज तालिमको उद्घाटन गर्दे नगर प्रमुख का...
बेल्टार बजारको फोहर न उठेपछि स्थानिय ब्यापारीद्वारा मुख्य बाटोमा फोहर राखेर बिरोध प्रदर्शन ।

बेल्टार बजारको फोहर न उठेपछि स्थानिय ब्यापारीद्वारा मुख्य बाटोमा फोहर राखेर बिरोध प्रदर्शन ।

लाइभ खबर, स्थानीय
१८ जेठ २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारका ब्यापारी ब्यबसायीहरुले लामो समयदेखी नगरपालिकाले फोहर नउठाएको भन्दै पसल अगाडीको मुख्य सडकमा फोहर राखेर विरोध गरेका छन् । बेल्टार बजारको लाफा चौक, विपी चौक, ओमशान्ति चौक लगायतका स्थानमा फोहर राखेर मुख्य सडक अबरुद्ध गरेका हुन् । उनीहरुले फोहर सडकमा राखेको जानकारी प्राप्त हुनासाथ टिफर र ट्याक्टरसहित नगर प्रहरीको नेतृत्वमा सफाईकमी आएर फोहर संकलन गर्न खोजेपनि ब्यापारीहरुले नियमितरुपमा फोहर उठ्न् सुनिश्चिता नभएसम्म फोहर उठाउन नदिने भनेपनि बजारलाईनको फोहर उठन सकेन । वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले साप्ताहिकरुपमा फोहर उठाउने ब्यबस्था मिलाउनका लागि प्रयास गर्ने भन्दै गरेको आग्रहलाई उनीहरुले नमानेपछि नगरपालिकाले फोहर उठाउन पठाएको टिफर र ट्याक्टरसहित सफाईकर्मी फर्किएका थिए । डम्पिङ्ग साईटको अभावमा विगत ६ मह...