चौदण्डीगढी नगरपालिकाले राजनीतिक दलमा आबद्ध शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने ।
१६ आसार २०८१, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिकाले शिक्षकहरुले पेशाागत संघ संगठन बाहेक राजनितिक दलमा आबद्धता हुन नपाउने नियमलाई कडाईका साथ पालना गराउने भएको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा आज बसेको नगर शिक्षा समितिको बैठकले शिक्षकहरुले पेशाागत संघ संगठन बाहेक राजनितिक दलमा आबद्धता हुन नपाउने नियमलाई कडाईका साथ पालना गराउने निर्णय गरेको शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरले जानकारी दिएका छन् । विहिबार आएको माध्यमिक शिक्षा परीक्षा एसईई कक्षा १० को रिजल्टमा नगरमा संचालित सामुदायिक बिद्यालयको नतिजा निराशाजनक आएपछि नगर प्रमुख लामाको अध्यक्षतामा बसेको बैठकले बिद्यालयहरुमा कडाई गर्ने निर्णय गरेको हो । बिभिन्न बिद्यालयहरुमा आबश्यक शिक्षकहरुको दरबन्दी पहिलाभन्दा १८ जना थपिएको, बिद्यायल सुधारका लागि आबश्यकता र औचित्यका आधारमा बिद्यार्थी संख्या कम भएका बिद्यालयहरुको तह घटुवा, म...









