४२ औं विपी स्मृती दिवसको चौदण्डीगढीमा विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
६ श्रावण २०८१, सन्तोष कुमार रौनियार…
४२ औं विपी स्मृती दिवसको उदयपुरको चौदण्डीगढी नगरपालिकामा विचार गोष्ठी तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरी मनाइएको छ । नेपाली कांग्रेस चौदण्डीगढी नगर कार्य समितिको आयोजनामा बेल्टार बजारस्थित क्षेत्रिय पार्टी कार्यालयमा भएको कार्यक्रममा सहभागीहरुले समाज रुपान्तरणमा विपी कोईरालाको योगदानको चर्चा गर्दै विपीको विचारलाई ब्यबहारमा उतार्नुपर्ने बताएका थिए ।
कांग्रेस क्षेत्रिय सभापति खगेन्द्र राईले विपीको विचार नै कांग्रेसको सिद्धान्त भएकोले विपीको विचारलाई ब्यबहारमा लागु गरेर समाज रुपान्तरणमा लाग्नुपर्ने बताएका थिए । विपी कोईराला यथार्थवादी भएकोले उनको विचारलाई जीवनमा लागुपर्ने उनको भनाई थियो । विपीको अनुयायी भएर कांग्रेस कार्यकर्ताहरु एक ढिक्का भएर काम गर्नुपर्ने उनले बताएका थिए । यस्तै क्षेत्रिय सभापति राईले विपी कोईरालाको राजनीतिमा मात्र नभएर सा...









