Author: सन्तोष कुमार रौनियार

६ महिनापछि नेकपा एमाले उदयपुरको सांगठनिक संरचनाले पुर्णता पायो ।

६ महिनापछि नेकपा एमाले उदयपुरको सांगठनिक संरचनाले पुर्णता पायो ।

लाइभ खबर, स्थानीय
१० असोज २०८१, सन्तोष कुमार रौनियार…   ६ महिनापछि नेकपा एमाले उदयपुरको सांगठनिक संरचनाले पुर्णता पाएको छ । आज विहिबार नेकपा एमाले उदयपुरले रिक्त जिल्ला कमिटि सदस्य देखी बिभिन्न बिभागहरु गठन गरेर नेताहरुलाई जिम्मेवारी प्रदान गरेर नयाँ कार्यविभाजन सार्वजनिक गरेको छ । गत चैत्र १५ गते सम्पन्न नेकपा एमाले उदयपुरको जिल्ला अधिबेशनबाट अध्यक्षमा भागवत राउत निर्वाचित भएर आएपछि झण्डै ६ महिनापछि सबै विभाग तथा कमिटीले पुर्णता पाएको छ । आज जारी नयाँ कार्य विभाजन अनुसार जिल्ला कमिटि सदस्यमा २१ जना मनोनित भएका छन् भने पाँच जना पदाधीकारी सहित ३२ सदस्य जिल्ला सचिवालय गठन गरिएको छ । यस्तै ८१ सदस्य जेष्ठ कम्युनिष्ट मन्च र १ सय २१ सदस्य सल्लाहाकार समिति गठन गरिएको छ । त्यस्तै २३ वटै जनबर्गीय संगठनमा संयोजकको जिम्मेवारी जिल्ला कमिटी सदस्यहरुलाई तोकिएको छ । जनबर्गीय संगठनहरु नेपाल ट्रेड युनियन महासं...
बेल्टार मै ब्यापार कर राजश्व बुझाउन सकिने !

बेल्टार मै ब्यापार कर राजश्व बुझाउन सकिने !

मुख्य खबर, स्थानीय
०९ असोज २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाकास्थित ब्यापारीहरुको संगठन बेल्टार बसहा उद्योग बाणिज्य संघले ब्यापार कर राजश्व बुझाउन सहजिकरण गरेको छ । संघका अध्यक्ष गोविन्द थापाका अनुसार पान नम्बर लिएर चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र ब्यापार ब्यबसाय गरिरहेका ब्यापारीहरुले आफुले तिनुपर्ने राजश्वको कागजात बेल्टार बजारस्थित संघको कार्यालयमा भरेर लाग्ने राजश्व बेल्टार बजारस्थित राष्ट्रिय बाणिज्य बैंकमा रहेको आन्तरिक राजश्व कार्यालय उदयपुरको खातामा जम्मा गर्न सक्ने जनाएका छन् । उनले तीस लाख रुपैयाँसम्मको कारोबार गरेका ब्यापारी ब्यबसायीले बेल्टार मै राजश्व बुझाउन सक्ने बताए । यसबाट सदरमुकाम गाईघाट गएर राजश्व जम्मा गर्दा हुने हैरानीबाट बच्न सकिने र समय र पैसाको वचत पनि हुने थापाको भनाई छ । लामो समयदेखी यस क्षेत्रका ब्यापारीहरुले यस्तो ब्यबस्थाका लागि माग गर्दै आएका...
त्रियुगा नगरपालिकामा विद्युतीय चार्जिंङग् स्टेशन निर्माण हुने ।

त्रियुगा नगरपालिकामा विद्युतीय चार्जिंङग् स्टेशन निर्माण हुने ।

मुख्य खबर, स्थानीय
०७ असोज २०८१, सन्तोष कुमार रौनियार… विद्युतीय चार्जिंङग् स्टेशन निर्माणको लागि कोशी प्रदेश सरकार र उदयपुरको त्रियुगा नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय र त्रियुगा नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । आज त्रियुगा नगरपालिकाका तर्फबाट नगर प्रमुख बसन्त कुमार बस्नेत र खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालयका तर्फबाट महाशाखा प्रमुख कृष्ण प्रसाद राजबंशीले सम्झदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झदारी पत्रमा मन्त्रालयले चार्जिंङग् स्टेशन निर्माणको लागि आबश्यक पर्ने मेशेनरी उपकरण, प्लेटफर्म र मेशेनरी उपकरण छोप्ने ट्रस्ट निमार्ण गरी त्रियुगा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले चार्जिङ्ग स्टेशनको संचालन, मर्मत संभार तथा ब्यबस्थापनको जिम्मेबारी लिने उल्लेख छ । विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने उदेश्यले त्रियुगा नगरपाल...
१०औं संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता असोज १७ गतेदेखी संचालन हुने ।

१०औं संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता असोज १७ गतेदेखी संचालन हुने ।

खेलकुद, लाइभ खबर, स्थानीय
०५ असोज २०८१, सन्तोष कुमार रौनियार… १० औं संस्करणको नारदमुनि थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता आगामी असोज १७ गतेदेखी संचालन हुने भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बसहामा बस्ती बसाउने योजनाकार, प्रजातान्त्रिक सेनानी, २००७ सालका क्रान्ति योद्धा तथा पूर्व मन्त्री स्वर्गीय नारदमुनि थुलुङको स्मृतीमा बसहा क्लबको आयोजनामा यही असोज १७ गतेदेखी असोज २४ गतेसम्म वडा नम्बर ४ बर्खेडाँडास्थित नारदमुनि रंगशालामा प्रतियोगिता संचालन हुने बसहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिएका छन् । आज बर्खेडाँडास्थित नारद आदर्श शिक्षा क्याम्पसको सभाहलमा भएको पत्रकार सम्मेलनमा क्लवका सल्लाहकार शेखर राईले प्रतियोगितामा आयोजक बसाहा क्लबसहित साबिकको विजेता बागमती युवा क्लब सर्लाही, उपविजेता न्यू त्रियुगा स्पोर्ट क्लब सप्तरी, झापा ११ झापा, विराट मेगा स्पोर्टिङ एकेडेमी मोरङ, चित्लाङ एफसी काठमाडौँ...
संविधान दिवसको अवसरमा चौदण्डीगढीमा दिप प्रज्वोलन ।

संविधान दिवसको अवसरमा चौदण्डीगढीमा दिप प्रज्वोलन ।

मुख्य खबर, स्थानीय
०३ असोज २०८१, सन्तोष कुमार रौनियार… संविधान दिवस तथा राष्ट्रिय एकता दिवस, २०८१ को अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि दिप प्रज्वोलन गरी मनाइएको छ । नगरको बेल्टार बजारस्थित विपी चौक, पुष्पलाल चौक यस्तै बसहास्थित नारद आदर्श चौक लगायतका स्थानमा  आज विहिवार मैनवत्ती बालेर दिप प्रज्वोलन गरी दिवस मनाइएको छ । नगर प्रमुख कालुमान लामा, प्रमुख प्रशासकीय अधिकृत जीत बहादुर श्रेष्ठ, वडा अध्यक्षहरु, पुर्व मेयर खगेन्द्र राई लगायत राजनीतिक दलका नेता कार्यकर्ता, सुरक्षाकर्मी, कर्मचारी लगायतको उपस्थितीमा दिप प्रज्वोलन गरिएको हो । चौदण्डीगढी नगरपालिकाको आयोजनामा भएको दिप प्रज्वोलन कार्यक्रमलाई बसहामा सम्बोधन गर्दै नगर प्रमुख कालुमान लामाले अहिलेको संबिधान बिभिन्न खाले आन्दोलनको साझा उपलब्धी रहेको बताउदै राजनीतिक दलका विचारहरु फरक भए पनि विकास निमार्ण र साझा मुद्धामा नगरमा क्रियाशिल सबै राजनी...
चौदण्डीगढी नगरपालिकामा बजार अनुगमन त्रिव्र ।

चौदण्डीगढी नगरपालिकामा बजार अनुगमन त्रिव्र ।

लाइभ खबर, स्थानीय
०१ असोज २०८१, सन्तोष कुमार रौनियार… चाडवाड नजिकिएसंगै उदयपुरको चौदण्डीगढी नगरपालिकाले बजार अनुगमनलाई त्रिव्र बनाएको छ । हिजो मात्र नगर उप प्रमुख मणिकादेवी दुलाल नेतृत्वमा बसहा क्षेत्रका पसलहरुको अनुगमन गरेको थियो भने आज वडा नम्बर ८ विरेन्द्र बजारस्थित पसलहरुको अनुगमन गरेको छ । बजार अनुगमनका संयोजक श्रीकान्त चौधरीको नेतृत्वमा आज विरेन्द्र बजारमा रहेका पसलहरुमा अनुगमन गरिएको हो । बजार अनुगमनका क्रममा २० हजार रुपैयाँभन्दा बढी रकमको म्याद सकिएको मालसमान जफत गरेर नष्ट गरिएको छ ।  पसलहरु नगर तथा वडा कार्यालयमा दर्ता नै नभई संचालनमा रहेका तथा पसलहरुमा म्याद गुज्रेको सामानहरु बेचविखन हुने गरेको गुनासो आएपछि नगरपालिकाले बजार अनुगमनलाई फेरी शुरु गरेको छ । लामो समयपछि गरिएको नगरपालिका स्तरीय बजार अनुगमनमा खाद्यान्य, चिसो पेय पदार्य, कस्टमेटिक लगायतमा म्याद सकिएको २० हजार रुपैयाँभन्दा बढीको...
लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगरेपछि चौदण्डीगढीमा जनप्रतिनीधि र वडा सचिवलाई तनाव ।

लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगरेपछि चौदण्डीगढीमा जनप्रतिनीधि र वडा सचिवलाई तनाव ।

लाइभ खबर, स्थानीय
२८ भाद्र २०८१, सन्तोष कुमार रौनियार… लाभग्राहीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण नगरेपछि चौदण्डीगढीमा जनप्रतिनीधि र वडा सचिवलाई तनाव भएको छ ।पटक पटक सार्वजनिक सुचना जारी गरेर सामाजिक सुरक्षा भत्ता परिचयपत्र कार्ड नवीकरण गर्न आग्रह गरेपनि लाभग्राही सम्पर्कमा नआएपछि जनप्रतिनीधि र वडा सचिवले आफ्नो वडाका लाभग्राहीलाई टेलिफोन सम्पर्क गरेरै ब्यक्तिगतरुपमा नवीकरण गर्न आग्रह गरिरहेका छन् । वडा नम्बर ६ का वडा सदस्य कमल कार्कीले सम्बन्धित लाभग्राहीको मोवाईल नम्बर मागेर उनीहरुसंग परिचयपत्र नवीकरण गर्न आग्रह गरिरहेको बताएका छन् । वडामा अझै १४८ जनाले परिचयपत्र नवीकरण नगराएको जानकारी दिदै वडा सदस्य कार्कीले उनीहरुको परिवारको माध्यमबाट सुचना पठाउनुको साथै मोवाईलमा पनि सम्पर्क गरेर आग्रह गरेको जानकारी दिएका छन् । एता वडा नम्बर १ का वडा सचिव भोजराज अधिकारीले सामाजिक संजालमा परिचय पत्र नविक...
राजन किराँती कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापति बन्ने निश्चित ।

राजन किराँती कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापति बन्ने निश्चित ।

लाइभ खबर, स्थानीय
२७ भाद्र २०८१, सन्तोष कुमार रौनियार… उदयपुरका राजन किराँती कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापति बन्ने निश्चित भएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार कोशी प्रदेश सार्वजनिक लेखा समितिको सभापतिमा उदयपुर निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद किराँतीको मात्र एकल उम्मेदवारी परेपछि उनी सभापति बन्ने निश्चित भएको हो । पराजुलीका अनुसार प्रदेशको विषयगत संसदीय समितिको सभापतिमा कांग्रेस र एमालेबाट ३–३ र माओवादी केन्द्रबाट १ जनाले मनोनयन दर्ता गरेका छन् । यसअघि सत्तारुढ कांग्रेस र एमालेबीच प्रदेशसभाको मिनी संसद मानिने सात वटा संसदीय समितिको सभापतिमा ३–३ वटा समितिको सभापति लिने र सामान्यता बिपक्षी दललाई दिने परम्परा रहेको सार्वजनिक लेखा समितिको सभापति माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । सोही बमोजिम नेकपा एमालेका सांसद होमबहादुर थापाले प्राकृतिक स्रोत तथा पूर्वाधार...
राजनीतिक भागवण्डामा नेतृत्व चयन गर्दै चौदण्डीगढीमा  रेडक्रसको नगर उपशाखा अधिबेशन सम्पन्न ।

राजनीतिक भागवण्डामा नेतृत्व चयन गर्दै चौदण्डीगढीमा रेडक्रसको नगर उपशाखा अधिबेशन सम्पन्न ।

लाइभ खबर, स्थानीय
२५ भाद्र २०८१, सन्तोष कुमार रौनियार… राजनीतिक भागवण्डामा नेतृत्व चयन गर्दै उदयपुरको चौदण्डीगढीमा नेपाल रेडक्रस सोसाईटीको नगर उपशाखा अधिबेशन सम्पन्न भएको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित सिटी हलमा आज सम्पन्न नगर उपशाखा क र ख को संयुक्त अधिबेशनले सोसाईटीको मुल मन्त्र निष्पछ्यता र तटस्थतालाई कुण्ठित गर्दै राजनीतिक भागवण्डा गरेर नेतृत्व चयन गरेको हो । रेडक्रस उदयपुरका जिल्ला अध्यक्ष मदनराज कटुवालको उपस्थितीमा एमाले, कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुले नेतृत्वमा भागवण्डा गरेका छन् । नगरको १० वटा वडाहरुलाई दुई उपशाखामा बिभाजित गरिएको छ । वडा नम्बर ६ देखी वडा नम्बर १० लाई नगर उपशाखा क मा र वडा नम्बर १ देखी वडा नम्बर ५ लाई नगर उपशाखा ख मा विभाजित गरिएकोमा दलहरुले पदहरुमा भागवण्डा गरेका छन् । नगर उपशाखा क एमालेको भागमा परेको छ भने उपशाखा ख माओवादीले पाएको छ । राजनीतिकरुपमै ...
प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा रौनियार ।

प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा रौनियार ।

मुख्य खबर, स्थानीय
२४ भाद्र २०८१, सन्तोष कुमार रौनियार… नेपाली कांग्रेस निकट नेपाल प्रजातान्त्रिक सेनानी संघ उदयपुरको नेतृत्वमा चौदण्डीगढी नगरपालिकाका महेन्द्र प्रसाद रौनियार सर्वसम्मत चयन भएका छन्। सदरमुकाम गाईघाटस्थित नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको एक कार्यक्रममा रौनियारको नेतृत्वमा ११ सदस्य कार्य समिति सर्वसम्मत चयन गरिएको हो । कार्यसमितिमा उपाध्यक्षमा गम्भिर बहादुर राई, सचिवमा गोविन्द थापा र सदस्यहरुमा ठाकुर मगर, दल बहादुर मगर, सानुराम भुजेल, भिम प्रसाद गौतम त्यस्तै सिता मगर, मिश्रीलाल चौधरी, दिल बहादुर नेपाली र सदुर बहादुर नेपाली रहेका छन् । नेपाल प्रजातान्त्रिक सेनानी संघका केन्द्रीय सदस्य अम्बर रेग्मीको उपस्थितीमा समिति चयन गरिएको हो । कार्यक्रममा जिल्ला स्थित नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो । ...