चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवको उद्धार ।
१ कार्तिक २०८१, सन्तोष कुमार रौनियार…
मानव सेवा आश्रमले उदयपुरको चौदण्डीगढी र बेलका नगरपालिकाबाट १३ जना सहयोगापेक्षी सडक मानवलाई उद्धार गरेको छ । चर्चित गायिका आनी छोईङ्ग डोल्मा संस्थापक रहेको आनी छोईङ्ग डोल्मा फाउण्डेशनसंगको सहकार्यमा मेची महाकाली राष्ट्रिय उद्धार यात्राको क्रममा हिजो उदयपुर आएको मानव सेवा आश्रमको टोलीले आज वेलका नगरपालिकाबाट ७ जना र चौदण्डीगढी नगरपालिकाबाट ६ जनागरी कुल १३ जनाको उद्धार गरी आफैसंग लगेको छ भने उनीहरुलाई विराटनगरस्थित मानव सेवा आश्रममा राखेर रेखदेख गरिने आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिएका छन् । गायिका आनी छोईङ्ग डोल्मासहित आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायत यात्रामा निस्किएको टोलीले उनीहरुलाई वेलका र चौदण्डीगढी नगरपालिकाको बिभिन्न स्थानबाट उद्धार गरेर लगेको प्रवक्ता बर्तौलाले बताएका छन् । मानव सेवा आश्रमको टोली उदयपुर आउने जानका...









