चौदण्डीगढीमा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट।
१२ मंसिर २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा फर्जी रसिद बनाएर सेवाग्राहीसंग बढी रकम असुलने कर्मचारीको जागीर चैट भएको छ । वडा नम्बर ६ मा कार्यरत कर्मचारी दिक्षा ओझाले राजश्वको फर्जी रसिद दिएर सेवाग्राहीसंग बढी रकम असुलेको खुलेपछि ओझाको जागीर चैट भएको हो । वडा नम्बर ६ मा राजश्व दस्तुरको रसिद फर्जी बनाएर सेवाग्राहीसंग अतिरिक्त रकम असुलेको खुलाशा भएको छ ।
गत कार्तिक ७ गते स्थानीय वडा नम्बर ६ कै सेवाग्राही दयाराम दासको अंशवण्डासम्बन्धी सर्जमिन गरेर सिफारिस दिने कार्यका लागि वडाका कर्मचारी दिक्षा ओझाले २ हजार रुपैयाँ राजश्व शुल्क लिनुपर्नेमा ४ हजार रुपैयाँ शुल्क लिएको र थप ५ सय रुपैयाँ बाटो खर्चसहित ४५ सय रुपैयाँ असुलेर २ दिनपछि फर्जी रसिद दिएकी थिईन । सिर्वानीस्थित वडा कार्यालयमा दयारामका भतिजा महेश दासले दस्तुर वापतको पैसा बुझाएर आएपछि सोही वडामा क...









