क्षमता विकासका लागि चौदण्डीगढी नगरपालिकामा कार्यरत नगर प्रहरीलाई तालिम ।
१८ पुष २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकामा कार्यरत नगर प्रहरीहरुको क्षमता विकासका लागि नगरपालिकाले तालिमको ब्यबस्था गरेको छ । नगरपालिकाको आयोजनामा नगरमा कार्यरत नगर प्रहरीहरुको क्षमता विकास सम्बन्धी ५ दिने तालिम आजदेखी शुरु भएको हो । नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अधिकृत जीत बहादुर श्रेष्ठ, उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगी लगायतको उपस्थितीमा बेल्टार बजारस्थित नगरपालिकाको सभा हलमा तालिमको शुरुवात गरिएको हो । तालिम शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरमा शान्ति सुरक्षाको बिषयमा कहिलेकाही असहज परिस्थिती सुजना हुनेगरेको स्मरण गर्दै तालिमले ब्यबसायिक किसिमले कार्य गर्न सहयोग पुर्याउने बिश्वास ब्यक्त गरेका छन् । नगर प्रमुख लामाले नगरको उदेश्यअनुसार कार्य गर्नलाई तालिमले क्षमता विकासमा सहयोग प...









