राजाबादीको हिंसात्मक आन्दोलनको क्रममा चौदण्डीगढीका २ जना घाईते ।
१७ चैत्र २०८१, सन्तोष कुमार रौनियार…
राजाबादीहरुले काठमाडौंमा गरेको हिंसात्मक आन्दोलनको क्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाका २ जना घाईते भएका छन् । शुक्रवार राजावादीले गरेको हिंसात्मक आन्दोलनलाई तितरवितर गर्ने क्रममा सुरक्षा फौजले चलाएको गोली लागि चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य तुलसी खत्रीकी छोरी रेविका खत्री र इन्द्र बहादुर खत्रीका छोरा दिनेश कुमार खत्री घाईते भएका हुन् । रेविकाको अबस्था गम्भिर रहेको छ भने दिनेशलाई सामान्य वार्डमा सारिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । उनीहरुको मिन भवनस्थित सिविल अस्पतालमा उपचार भै रहेको छ ।
वडा सदस्य तुलसी खत्रीका अनुसार दिदीभाई कामबाट घर फर्कनेक्रममा कोटेश्वरस्थित डेरा अगाडी सुरक्षाकर्मीले चलाएको गोली दिनेशको पाखुरामा लागेर छेडेको र सोही गोलीले बहिनी रेविकाको खुट्टामा लाग्दा उनीहरु घाईते भएका हुन् । हिजो उदयपुर...









