आजको युवा, नशाविरुद्धको योद्धा भन्ने नाराको साथ उदयपुरको चौदण्डीगढी नगरपालिकामा सप्ताहव्यापी लागु औषध दुवर््यशनबिरुद्धको सचेतनामुलक अभियान सम्पन्न भएको छ । लागु औषध दुवर््यशनीहरुको संख्यालाई न्युनीकरण गर्दै समस्याको जरैदेखी समाधान गर्न चौदण्डीगढी नगरपालिकाको आर्थिक सहयोग तथा सुर्योदय सुधार केन्द्रको समवन्यमा संचालन गरिएको बिद्यालयस्तरीय अभियान आज सम्पन्न भएको हो । बेल्टार बजारस्थित ज्योती माध्यमिक बिद्यालयमा एक कार्यक्रमकाबीच नगर प्रमुख कालुमान लामाले अभियानको समापन गरेका हुन् ।
कार्यक्रममा सुधार केन्द्रमा उपचार गरेर फर्किएका वडा नम्बर ९ ज्यामिरेका हरी कुमार ढकालले आफ्नो अनुभव साझा गरेका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गदै वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्काले सुधार केन्द्रमा उपचार गराउँदा लागु औषधको दुवर््यशनमा फसेकाहरु पनि सामान्य जीवनमा फर्कन सक्ने बताएका थिए । उनले लागु औषको कुलतमा फसेर बाटो विराउनुको साटो सही निर्णय गरेर सत्मार्गमा लागेर जीवन सफल बनाउनुपर्ने बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले चौदण्डीगढी नगरपालिकाले लागु औषध दुवर््यशनको मुख्य समस्यालाई जरैदेखी समाधान गर्न तथा लागु औषध दुवर््यशनको कारण परिवार र समाजमा आउनसक्ने समस्याहरुको पहिचान गर्न विद्यालयस्तरबाटै कार्यक्रम शुरु गरेको बताएका थिए । उनले लागु औषधको कुलतमा फस्नुभन्दा आफुसंग भएको क्षमताको पहिचान गरेर त्यसलाई उजागार गर्न आग्रह गर्दै नगरपालिकाले अभिभावकीय भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
गत जेठ ११ गते देखी शुरु भएको अभियान अन्तर्गत नगरको ११ वटा बिद्यालयका झण्डै १३ सय बिद्यार्थीमाझ पुगेर लागु औषधको विषयमा जनचेतनामुलक अभियान संचालन गरिएको सुर्योदय सुधार केन्द्रका अध्यक्ष रोशन राईले जानकारी दिएका छन् । अभियान अन्तर्गत नारद आदर्श मावी बर्खेडाँडा बसहा, मावी आमसाल बसहा, सिंहदेवी मावी माडिबास, कालिका मावी सिर्वानी, सगरमाथा बोडिङ्ग स्ुकल बेल्टार, ज्योती मावी बेल्टार, जनता मावी हडिया, थानपोखरी मावी ज्यामिरे, जनता मावी लुङ्गिन्टार, मावि सिवाई र ज्योती जनता क्याम्पस बेल्टारमा कार्यक्रम संचालन गरिएको अध्यक्ष राईले बताएका छन् ।
चौदण्डीगढी नगरपालिकामा पहिलो पटक यस किसिमको अभियान संचालन गरिएको बताउदै राईले यसले लागु औषध दुवर््यशनका संख्या न्युनीकरण गर्न सघाउ पुर्याउने बिश्वास ब्यक्त गरेका छन् ।
