कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण ।

०७ फागुन २०८१, सन्तोष कुमार रौनियार…

पहिचानवादीको गुनासोको समाधन नेपालको संबिधानले निर्दिष्ट गरेको संविधानको दायराभित्र रहेर गर्ने जिकिर ।

सबै जातीभाषा र सबै संस्कृतीको संरक्षण गर्ने कामको अगुवाई प्रदेश सरकारले गर्ने ।

बसहा निमार्णधिन नारदमुनी थुलुङ्ग स्मृती सभाहललाई आगामी बर्ष बजेट विनयोजन गरेर सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त ।

थुलुङ्गको नामलाई चिरस्थायी बनाउन शालिक राख्ने कामको प्रशंसा ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्वर्गीय नारदमुनी थुलुङ्गको शालिक अनावरण गरेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित चौकमा आज स्वर्गीय थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक अनावरण गरेका हुन् । चौदण्डीगढी नगरपालिकाले प्रजातन्त्र सेनानी, २००७ सालका योद्दा तथा बसहा बस्ती बसाउने मुख्य ब्यक्तित्व स्वर्गीय थुलुङ्गको अर्ध कदको ढुंङ्गाको शालिक हटाएर त्यस स्थानमा फाईवरको पुर्ण कदको शालिक प्रतिस्थापना गरेको हो । स्वर्गीय नारदमुनी थुलुङ्ग कुनै जाती विशेष, दल वा भुगोलको भन्दा पनि राष्ट्रको नै विभुती र साझा ब्यक्तित्व भएकोले सरकारले त्यसको अपनत्व लिनुपर्छ भन्ने सोचेर नगरपालिकाले नगरको ६ लाख रुपैयाँको लागतमा थुलुङ्गको १० फिट अग्लो फाईवरको शालिक निमार्ण गरी प्रतिस्थापना गरेको हो । मुख्य मन्त्री कार्कीले थुलुङ्गको शालिक अनावरण गर्दै पहिचानवादीतर्फ र्इंगित गर्दै प्रदेशको नाम पहिचानका आधारमा नराखिएको भन्ने पहिचानवादीको गुनासो रहेको बताउदै त्यसको समाधन नेपालको संबिधानले निर्दिष्ट गरेको संविधानको दायराभित्र रहेर गर्ने जिकिर गरेका छन् ।
यस्तै मुख्य मन्त्री कार्कीले प्रदेशमा रहेका सबै जातीभाषा र सबै संस्कृतीको संरक्षण गर्ने कामको अगुवाई प्रदेश सरकारले गर्ने बताएका छन् । उनले जाती भाषाको संरक्षणका लागि गर्नुपर्ने मागहरुको बारेमा छलफल गर्न तयार रहेको बताउदै त्यसको उचित ब्यबस्थापन गर्ने बताए ।
यसअघि मुख्यमन्त्री कार्कीले नारदमुनी थुलुङ्गको नाममा बसहा निमार्णधिन नारदमुनी थुलुङ्ग स्मृती सभाहललाई आगामी बर्ष बजेट विनयोजन गरेर सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । साकेला लगायतका नाचहरु हम्रो सांस्कृतिक पहिचान रहेको उल्लेख गर्दै त्यसको संरक्षण र प्रबद्धनका लागि यस क्षेत्रमा काम गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यस्तै मुख्यमन्त्री कार्कीले स्वर्गीय नारदमुनी थुलुङ्गको नामलाई चिरस्थायी बनाउन शालिक राख्ने कामको प्रशंसा समेत गरेका छन् ।
चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाको अध्यक्षतामा भएको शालिक अनावरण कार्यक्रममा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेत, नगर उपप्रमुख महेश्वरी राई, बेलका नगरपालिकाका नगर उपप्रमुख जिरा राई, चौदण्डीगढीका उप प्रमुख मणिकादेवी दुलाल, एमाले उदयपुर जिल्ला अध्यक्ष भागवत राउत, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उदयपुरका अध्यक्ष भक्तिबिलास पोखरेल , चौदण्डीगढीका प्रमुख प्रशासकिय अधिकृत लगायत जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।